५ (प) को अबधारणा अनुसार कर्णालीको खेलकुद विकास गर्छौ – सदस्य सचिव संज्याल

सुर्खेत , कर्णाली प्रदेश खेलकुद विकास परिषद गठन भएको करिब डेढ बर्ष भैसकेको छ । परिषदले आफ्नो सबैभन्दा ठुलो काम भनेको कर्णाली प्रदेशको गौरबको आयोजना प्रदेश रंगशालाई लिएको छ । कर्णालीमा भुगोल अनुसारको खेल र खेल अनुसारको भौतिक संरचना हुने हो भने कर्णालीमा साहसिक खेलको ठुलो सम्भावना छ । परिषद गठन भएको डेढ बर्ष सम्म के कस्ता काम भए आउने दिनमा परिषदले खेल क्षेत्रमा गर्ने के कस्ता योजनाहरु रहेका छन् यस विषयमा झिल्को खवर डटकमले कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालसँग गरेको कुराकानी ।

तपाई खेलकुद परिषदमा आएको र कार्याकाल समालेका करिब डेढ बर्ष लामो कार्याकाल भैसकेको छ अहिले सम्म के कस्ता काम गर्नु भयो ?

खेलकुद परिषद गठन भएको पहिलो बर्ष खेलकुदको कार्यालय संचालन कार्यालय व्यवस्थापन कर्मचारीको व्यवस्थापनमा पहिलो बर्ष बित्यो । कोभिडको कारण अघिल्लो बर्ष खेलकुदका कार्याक्रम खासै संचालन हुन सकेनन् । चालु आर्थिक बर्ष २०७८÷०७९ मा प्रदेश सरकारले प्रदेशको खेलकुद क्षेत्रलाई महत्वका साथ हे¥यो र प्रदेशको गौरबको आयोजना प्रदेश रंगशाला बनाउने घाषणा ग¥यो र सबैभन्दा ठुलो बजेट प्रदेश रंगशालालाई छुट्यायो । खेलकुद परिषदले त्यसको ठेक्का प्रक्रियाको सम्पूर्ण काम पुरा गरेर अहिले प्रदेश रंगशाला बन्ने क्रममा छ । यो नै कर्णालीको लागी सबैभन्दा ठुलो उपलब्धी हो । यसले कर्णाली प्रदेशको खेलकुद क्षेत्रमा मुहार फेर्ने काम गरेको छ । यो कर्णालीको मात्रै होइन देशको नै खेलकुद विकासको निम्ति र खेलकुद पूर्वाधार विकासका निम्ती ठुलो टेवा पुगेको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हामी आयोजना गर्दैछौ यो यो एउटा अर्को सुखद पक्ष हो । खेलकुद आयोजना गर्नका लागी पूर्वाधार नभएर आयोजना गर्न सकिदैन त्यसैले अबको दुइ बर्ष भित्र पूर्वाधार नभएकै कारण कर्णालीमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल हुदैन भन्ने भ्रम अन्त्य हुन्छ । यो नै हाम्रो लागी सबैभन्दा हुलो सफलता हो त्यसैले हामी त्यो कामलाई कसरी भनेकै समयमा अगाराउन सकिन्छ भन्ने तिर केन्द्रिकृत रुपमा लागिरहेका छौ । हाम्रो विश्वास के छ भने अबको दुई बर्ष पछि कर्णालीले जुन सुकै राष्ट्रिय र अन्तराष्ट्रिय खेल खेलाउन सक्छ भन्नेमा ढुक्क छौ ।

अन्य खेलकुदका गतिविधिहरुमा के कस्ता कामहरु गर्नु भयो ?

खेलकुदको क्षत्रमा हामीले धेरै काम गरेका छौ जस्तै अन्तर प्रदेश स्तरिय खेलमा सहभागिता जनाउने देखि खेलाडीका समस्या सरकारले नजिक बाट बुझोस भन्ने उदेश्यले हामीले देश संघीय संरचनामा गइसकेपछि नेपालमै पहिलो पटक हामीले नयाँ कार्यक्रमको थालनी गरेका छौ । त्यो भनेको खेलाडीसँग मुख्यमन्त्री कार्यक्रमको आयोजना ग¥यौ । त्यसमा अन्तर्राष्ट्रिय ओपम्पीयन दिपक विष्ट र हरी रोकायाले समेत भाग लिनु भयो । र सल्लाह सुझाब राख्नु भयो । त्यस्तै स्कुल टु ओलम्पीक भनेर कार्याक्रमको आयोजना ग¥यौ । स्कुलका विद्यार्थीहरलाई ओपम्पीक सम्म जानका लागी के कस्तो गर्नु पर्छ त्यसबारेमा ओपम्पीयनहरुले आफ्ना अनुभव विद्यार्थीहरुलाई सुनाउनु भयो । यसको उदेश्य भनेको विद्यार्थीहरुलाई खेलकुदमा आक्रषित गर्नको लागी हामीले यो कार्यक्रमको आयोजना गरेका थियौ । खेलकुद क्षेत्र सबैको साझा क्षेत्र बनाउनको लागी हामीले जेष्ठ नागरिक खेलकुद प्रतियोगिताको आयोजना ग¥यौ त्यस्तै पारा खेलाडीहरुको लागी अशक्त खेलाडीहरुको लागी खेलकुदको आयोजना ग¥यौ । नेत्र हिन क्रिकेट खेलाडीहरुको लागी प्रशिक्षणको आयोजना ग¥यौ । विभन्न दिवस र डे हरुमा खेलकुदबाट सहभागिता जनाउने काम भएको छ । खेलकुदको बारेमा पत्रकारहरुलाई पनि केहि जानकारी होस् भनेर पत्रकारहरुसँग अन्तरक्रिया अभिमुखि कार्यक्रमको आयोजना ग¥यौ ।

विश्वामित्र संज्याल सदस्य सचिव कर्णाली प्रदेश खेलकुद विकास परिषद

खेलकुद क्षेत्रको गुरु योजना र अन्य के कस्तो  तयारी छ ?

यसबारेमा हामीले चालु आर्थिक बर्षमा अबको ५ बर्षमा कर्णालीको खेलकुदको स्थिति के हो ? हिजो के थियो ? अबको ५ देखि १० बर्ष सम्म कर्णालीको खेलकुद क्षेत्रलाई हामीले कहाँ सम्म पु¥याउने त्यसको गुरु योजना बनाउदै छौ । त्यो गुरु योजनाको थालनी यहि आर्थिक बर्षबाट सुरु हुदै छ । त्यसैले अब देखि कर्णालीमा खेलकुद क्षेत्रको बजेट छुट्याउदा कुन क्षेत्रमा लगानी गर्ने र आगामी बजेट कता लगानी गर्ने भन्ने कुराको यो गुरु योजनाले मार्ग दर्शनको भूमिका खेल्छ । त्यसैले हामी त्यो तयाारीमा लागेका छौ । पूर्वाधारकै क्षेत्रमा हामीले संघीय सरकार सँगको समन्वयमा रुकुम पश्चिममा रंगशालाको निर्माणको कामलाई अगाडी बढाएका छौ । आउने आर्थिक बर्ष ०७९ ÷०८० बाट ठेक्का प्रक्रिया सुरु हुन्छ त्यस्तै अन्यमा हामीले खेलकुदका निति नियम बनाउने देखि कार्यविधि बनाउने कामहरु अगाडी बढाएका छौ । राष्ट्रिय स्तरका विभिन्न खेलमा खेलाडीहरु सहभागि भएका छन् जस्तै उसु, कराते, तेक्वान्दो, बक्सीङ, हेण्ड बल, कबड्डी, भलिबल, व्याड्मिन्टन,एथेलिक्टीस, लगायतका खेलहरुमा पनि सहभागिता कर्णाली प्रदेशबाट भइरहेको छ ।

कर्णाली प्रदेशको भूगोल अनुसारको खेलहरु आयोजना गर्नको लागी परिषदले के कस्तो योजना बनाएको छ ?

कर्णाली प्रदेशको भूगोल हेर्ने हो भने साहसिक खेलका लागी अत्यन्तै उपयुक्त ठाउँ हो यस्ता साहसिक खेलमा कर्णाली एड्भेन्चर गेम हुने ठाउँ हो । रक कलाइमिङ, क्यानियङ, ¥याप्टिङ, प्यारागलाइडिङ, अल्ट्रा म्याराथन लगायत गेमका लागी कर्णालीको भूगोल अनुकुल छ । तर भूगोल अनुसारको खेलका लागी मात्रै कर्णालीलाई जोड्ने भन्दा पनि खेललाई पर्यटन सँग जोड्न आवाश्यक छ । त्यसैले विदेशीलाई आक्रषण गर्नको लागी पनि साहसिक खेललाई पर्यटन सँग जोड्न आवाश्यक छ । कर्णालीको पर्यटन र खेल सँग सँगै जाने हो भने कर्णालीको भुगोल अनुसारको साहसिक खेललाई अगाडी बढाउन सकिन्छ कर्णालीमा आयोजना हुने ठुला ठुला साहसिक खेलहरुमा जस्तै ¥याप्टीङ, क्यानिङ, कायाकिङ, रक कलाइमिङ बन्जी जम्वी, खेलाई आगडी बढाउउनु पर्छ भनेर नै कर्णालीको भुगोल अनुसारको खेलको लागी परिषद लागिरहकै छ त्यतिले मात्रै पुग्दैन मैले अघि पनि भने साहसिक खेलहरुलाई पनि कर्णालीको पर्यटनसँग जोड्नको लागी हामी लागिरहेका छौ त्यसको तयारी पनि भैरहेको छ अब भनेको कर्णालीको भुगोल अनुसारको खेल खेलाउने मात्रै काम भन्दा पनि यी खेलहरुलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्नेतिर लाग्नु पर्ने जरुरी छ अनि मात्र कर्णालीको अर्गानिक पहिचान के हो भन्ने चिनिन्छ ।

यस्ता खेल खेलाउनको लागी कर्णालीमा भौतिक संरचना नभएको अबस्थामा परिषदले के योजना बनाएको छ ?

खेलकुद परिषदले मात्रै एक्लै तयारी गरेर हुदैन यी खेलहरु लगानीका हिसावले ठुलो लगानी लाग्ने खेलहरु हुन् । हामीले आयोजना गरेर बाहिरिय मुलुकका खेलाडीहरुलाई आकर्षित गरेर विदेशी खेलाडीहरु भित्र्याउन सक्नु पर्ने हुन्छ । त्यसैले हो मैले भनेको खेलकुद सँग पर्यटन अनिवार्य जोडिन आवश्यक छ । कर्णालीको खेलकुद र पर्यटन सँगसँगै लिएर पूर्वाधारको पाटो खेलकुदले तयारी गर्नु पर्ने हुन्छ । पर्यटन भनेर मात्रै हुदैन पर्यटन आकर्षण गर्नका लागी सबैभन्दा ठुलो भनेको व्यवस्थान नै हो । त्यसैले सबैभन्दा पहिला यहाँको व्यवस्थापनको पाटोलाई बलियो बनाउनको लागी होटेल, रेष्टुरेन्टहरु बन्नु प¥यो बाटो त्यहि अनुसारको बन्नु प¥यो पूर्वाधार पनि त्यहि तरिकाले बन्नु प¥यो त्यसैले भुगोलका हिसावले उपयुक्त छ अन्य कुरा पनि सँगसँगै जोडिनु प¥यो । जस्तै रारालाई टार्र्गेट गरेर हामीले खेलकुदका कुनै पनि कार्यक्रम ग¥यौ भने रक कलाइमिङलाई जोड्न सकियो कायाकहिङ,¥याप्टिङ, साइटिङ, अल्ट्रा म्याराथन जोड्न सकियो तर यसमा सबैभन्दा बलियो पाटो खेलाडीहरु आउनेको लागी सजिलो बनाउन सबैभन्दा पहिला आवत जावतको लागी सजिलो हुनु प¥यो त्यसको लागी पूर्वाधारहरु जस्तै हवाई बाटो बस्ने होटेल,को व्यवस्था राम्रो हुन प¥यो र सेकुरेटिको अबस्था पनि राम्रो हुनु प¥यो । त्यसैले भविश्यका लागी कर्णालीका साहसिक खेलहरु पर्यटन सँग जोडिएर जादा कर्णालीको लागी ठुलो मार्ग दर्शन हुन्छ । यो भनेको नै कर्णालीमा समृद्धि ल्याउने ठुलो इण्डिकेटर हो । ती सम्भावनाहरु हेर्ने हो भने हामीले अहिले कर्णालीमा केहि गर्न सकिरहेका छैनौ अहिले त हामीकहाँ अथाहा सम्भावनाहरु हुदा हुदै पनि हामीले खेल क्षेत्रमा गर्नु पर्ने धेरै छ । त्यसैले कर्णालीमा अहिले हामीले गरेको काम भनेको कर्णालीबाट खेलाडीहरुलाई सहभागिता गराउने काम मात्रै गरेका छौ । एथेलेटिक्समा अन्तर्राट्रिय मेडल ल्याए पनि अन्य खेलमा हाम्रो सहभागिता मात्रै भएको छ । अरु खेलमा पनि एथेलेटिक्स जस्तै मेडल कसरी ल्याउन सकिन्छ त्यसको लागी हामीहरु तयारी गरिहेका छौ ।

त्यसो भए साच्चै खेल विकासको कर्णालीमा सुत्र के हो त उसो भए ?

अबका दिनमा हामीले प्रशिक्षण चलाउने हो खेलकुद विकासको लागी अब खेलकुद क्षेत्रमा ५ (प) को निति अबलम्बन गर्ने भनेका छौ । त्यो भनेको पूर्वाधार,प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन, प्रतिभा छनोट यी ५ (प) को अबधारणा कर्णाली खेलकुद विकासका लागी सुरु गरेका छौ । हामीले अहिले पूर्वाधाार पनि बनाइरहेका छौ प्रशिक्षण पनि चलाइरहेका छौ त्यसका लागी हामीले नौँ राष्ट्रिय खेलकुद तयारीको लागी प्रशिक्षण गरिरहेका छौ दशौँ गर्ने तयारीमा छौ । त्यसैले त्यसका लागी कोचहरु तयार गर्ने प्रशिक्षकहरुलाई प्रशिक्षण दिने त्यसको लागी एन.आइ.एस. टेनिङ सुरु गर्न लागेका छौ । कर्णालीबाट सहभागिता जनाएर विजयी भएका खेलाडीहरुको लागी पुस्कारको रुपमा विजयी खेलाडीहरुलाई प्रत्यकलाई २ लाख दिने निर्णय प्रदेश सरकारले घोषणा गरेको छ । पुरुस्कार रुपमा दिने भनेको रकम कतिलाई प्रदेश सरकारले दिएको छ कतिलाई दिने तयारी गरेको छ । अब भनेको कर्णालीमा खेलाडीहरुको प्रतिभाको छनोट गर्ने कुरा अगाडी बड्दै छ । खेलाडी भनेका गाउँ गाउँमा छन् ती गाउँमा भएका खेलाडीहरुलाई खेल क्षेत्रको मुल धारमा ल्याउनेको लागी छनोटको काम अगाडी बढ्दैछ ।

तपाइले राष्ट्रिय खेलकुद परिषदमा रहेर लामो समय काम गर्नु भयो त्यहाँ रहेर काम गर्दा र कर्णाली प्रदेशको खेलकुद विकास परिषदको कार्यकारी भूमिकामा रहेर काम गर्दा के कस्तो फरक रहेको छ ?

म राष्ट्रिय खेलकुद परिषदमा रहेर काम गर्दा नितान्तै कर्मचारीको रुपमा पूर्वाधार निर्माणको फाँट हेरेर काम गरेरको थिए । यहाँ आएर कर्णाली प्रदेश आफ्नो प्रदेशमा पूर्ण रुपमा कार्यकारी रुपमा काम गर्ने अबसर पाएको छु । पूर्वाधार त मेरो विषय नै प¥यो हिजो माथि रा.खे.प.मा हुदा गर्नु पथ्र्यो आज पनि गरिरहेकै छु । त्यसले कर्णालीमा काम गर्नको लागी मलाई झन थप बल पुगेको छ । अन्य अघि मैले जो ५(प) पिल्लरको कुरा गरे ५ (प) को कुरा मैले अबलम्बन गर्ने ठुलो अबसर पाएको छु । कर्णालीका खेलाडीहरुले पनि म बाट जो आशा गरेका छन् ती आशालाई म मर्न नदिने प्रतिबद्धता गर्छु ।

स्थानीय सरकारहरुसँग के कस्तो सहकार्यको तयारी गर्नु भएको छ ?

स्थानीय सरकार भनेको अहिले सबैभन्दा पावरफुल सरकार हो । खेलकुदको श्रोत भएको सरकार पनि स्थानीय सरकार हो । किन भने खेलाडी पनि विद्यालयबाट नै आउने हो । प्रत्येक स्थानीय सरकारले आफ्नो आफ्नो खेलकुदको संरचना आफै बनाउने कानुनी व्यवस्था छ । उहाँहरुले खेलकुद हेर्ने सस्थाहरुसँग आफै सहकार्य गर्नु भयो भने हामीले पनि उहाँहरुसँग सहकार्य गरी खेल क्षेत्रको विकासको लागी हामी परिषदको तर्फबाट हातेमालो गर्न तयार छौ । तर सबै पालिकाले आफ्नो खेल क्षेत्र हेर्ने एक एक विभाग बनाउन जरुरी रहेको छ ।

खेल क्षेत्रको भविश्य कस्तो छ ?

मैले अघि पनि भने कर्णालीको समृद्धिको एक आधार भनेको नै खेल क्षेत्र हो दशौँ राष्ट्रिय खेलकुद हामीले आयोजना गर्ने भनेको कर्णालीको लागी समृद्धि भित्र्याउनु हो । कुनै पनि देशले कुनै पनि खेलको आयोजना गर्नु भनेको त्यो देशले आफ्नो देशमा समृद्धि भित्र्याउनु हुन्छ त्यसैले कर्णाली जहिले पनि गरिब कर्णालीले केहि गर्न सक्दैन भन्ने हामी दशौँ राष्ट्रिय खेलकुदबाट देखाउछौ । त्यसपछि सबैले भन्ने छन् कर्णाली पनि विकासको एक मोडेलमा पुगेको रहेछ भन्ने सबैले भन्नेछन् । र हिजोको कर्णालीलाई बुझ्ने दृष्टिकोण बदलिने छ । भविश्यमा अर्गानिक कर्णाली बाट उत्पादन भएका खेलाडीहरु संसारको सबै ठाउँमा भेट्ने छौ ।

नौँ राष्ट्रिय खलकुदको तयारी कस्तो छ ?

नौँ गेम यहि बर्ष हुने भनेको थियो अहिले सरेर असोजको २८ बाट कार्तिक २ सम्म सरेको छ अहिले सम्म हामीले जिल्ला जिल्लाको खेल प्रतियोगिता गरेर लैजाने समय हामीले पाएका थिएनौ आगामी आर्थिक बर्षमा सरेको हुनाले प्रतियोगिता गर्ने केहि समय पाइएको छ । प्रदेश सरकारले चालु आर्थिक बर्षमा विनियोजित गरेको रकम आगामी आर्थिक बर्षको लागी सार्ने हामीले प्रस्ताव गरेका छौ बजेट आयो भने हामीले नौँ राष्ट्रिय खेलको लागी जिल्ला जिल्लबाट तयारी गरी धेरै भन्दा धेरै खेलमा सहभागिता जनाउने भनेका छौ । अहिले सम्म हामीले २८ वटा गेममा सहभागिता जनाउने भनेका थियौ त्यस मध्य हाम्रो १० देखि १२ वटा गेम त मेडल ओरनटेड गेम छन् । केहि गेमको खेलाडीहरुलाई क्लोज क्याममा राखेर प्रशिक्षण चलिरहेका छन् । बाकि खेलमा हामीले बढि भन्दा बढि खेलमा सहभागिता जनाउने गरी तयारी गरेका छौ ।