

सुर्खेत । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुनका लागि गृहमन्त्री ओपप्रकाश अर्याल मंगलबार सुर्खेत आइपुगेका छन् । बुधबार वीरेन्द्रनगरमा आयोजना हुने सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत आइपुगेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी दीपेन्द्र मगराठीले जानकारी दिए ।
मगराठीका अनुसार बुधबार कर्णाली प्रदेशका १० वटै जिल्लाका सुरक्षा समितिका प्रमुखको सहभागितामा सुरक्षा गोष्ठी आयोजना गरिएको छ । कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रमुख जिल्ला अधिकारीको सहभागिता रहने बताइएको छ ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोष्ठीमा कर्णाली प्रदेशको सुरक्षा चुनौतीबारे विषेश छलफल हुनेछ । गोष्ठीमा गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसहित सहभागी हुने बताइएको छ ।

झिल्को खबर । ८ पुष २०८२, मंगलवार १८:५३