पूर्व वडा अध्यक्ष सापकोटा प्रदेश सभामा स्वतन्त्र चुनाव लड्दै

कैलाली, कैलाली गौरीगंगा नगरपालिका वडा नं. ८ का पूर्व वडा अध्यक्ष मिलन सापकोटा स्वतन्त्रबाट प्रदेश सभा सदस्यको लागि चुनाव लड्ने भएका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा सापकोटा नेकपा (माओवादी केन्द्र) बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश ‘क’बाट उम्मेदवारी दिन लागेको उनले बताए ।

सापकोटाले माओवादी पार्टी भित्र गुट मौलाएको भन्दै इमानदार कार्यकर्ताहरुले आफुलाई साथ दिनेमा आफु विश्वस्थ रहेको बताए । उनको समर्थनमा गौरीगंगा नगरपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष हरी प्रसाद तिवारीले समेत समर्थन गरेका छन् ।