पूर्व मुख्यमन्त्री शाहीको चुनावी अभियान – जनतासँगै नाचेर भोट माग्दै हिड्छन्

कालिकोट । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि राजनिति दलहरु अहिले भोट माग्न घर दैलो अभियानमा हिडिरेहेका छन् ।

कालिकोट जिल्लामा विभिन्न राजनिति दलहरुले आफ्नो चुनावी अभियानलाई तिव्र बनाइरहेका बेला बाम, लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार महेन्द्र बहादुर शाहीको चुनावी अभियान भने अन्य राजानिति दलहरु भन्दा फरक तर रोचक बनेको देखिन्छ ।

दोस्रो संविधान सभा निर्वाचन २०७० मा निर्वाचित भएर आफ्नो संसदीय राजानिति यात्रा थालनी गरेका शाही आगामी मंसिर ४ गते हुने निर्वाचनबाट केन्द्रीय संसदमा कालिकोट जिल्लाबाट ऐतिहाँसिक रेकर्ड गर्ने तयारीमा छन् ।

२०४८ साल यता कालिकोटबाट संसदीय निर्वाचनमा कसैले पनि दोस्रो पटक निर्वाचित भएर केन्द्रीय संसदको यात्रा तय गर्न सकेका छैनन् । यद्यपी महेन्द्र बहादुर शाहीले २०७४ को निर्वाचनको बेला भने कर्णाली प्रदेश सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएर कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री हुने भाग्यमानी नेता बने ।

उनै महेन्द्र बहादुर शाही आगामी मंसिर ४ गते हुने निर्वाचनमा कालिकोट जिल्लाबाट दोस्रो पटकको केन्द्रीय संसदको यात्राको तयारी गरिरहेका छन् । दोस्रो संविधान सभाको निर्वाचनको बेला संविधान बनाउछु भनेर भोट मागेका नेता शाहीले संविधान निर्माणसँगै संघीय सरकारको उर्जा मन्त्री बनेर कालिकोटलाई राष्ट्रिय प्रसारण लाईनसँग जोडेर कालिकोटको मन जितेका थिए ।

शाही दोस्रो पटक २०७४ को निर्वाचनको बेला कर्णाली प्रदेशको मुख्यमन्त्री बनेर कालिकोटको विकासमा लागि पर्ने बाचा गरे । दोस्रो संविधान सभा निर्वाचन २०७० र प्रदेश सभा निर्वाचन २०७४ को निर्वाचनको बेला गरेका प्रतिपद्धताहरु पुरा गर्दै आएका नेता शाहीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफुलाई निर्वाचित गराउनको लागि बाम, लोकतान्त्रिक गठबन्धनको तर्फबाट आफ्नो साझा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

संसदीय राजनिति यात्रा थालनी गरे देखि यता आफुले जनताको बीचमा गरेका आफ्ना प्रतिबद्धताहरु पुरा गर्दै आएको हुनाले पनि यो पटकको निर्वाचनमा आफु निर्वाचित हुनेमा ढुक्क रहेको उनि बताउछन् । ‘अन्य राजनिति दलका नेताहरुले आफ्नो पालामा जोडेको बिजुली राष्ट्रिय प्रशासरण लाईनको उज्यालोमा बसेर आफु मख्यमन्त्री हुने बेला बनाएका सडकहरुमा कुदेर आफ्नै विरुद्धमा जनतालाई विभिन्न भ्रम फैलाउदै हिडे पनि कालिकोटका जनताले विकासबादी नेतालाई राम्रोसँग चिनेको हुनाले म जित्नेमा ढुक्क छु,’ ‘नेता शाही भन्छन् , ‘अब आउने निर्वाचनमा म निर्वाचित भए थप कामहरु गर्ने घोषणा गरेको छु ती कामहरु गर्न तिर लाग्छु त्यसैले जनतासँगै नाचेर भोट माग्दै हिडेको हु ।’

कालिकोटका जनताहरुको दुःखमा, सुखमा, हासोमा, आशुँमा सधै भइराख्ने भन्दै नेता शाहीले अन्य राजनिति दलहरु जस्तो गरी झुटा आस्वासन दिएर हिड्नु भन्दा कला सस्कृतिको जगेर्ना सहित आफ्नो प्रतिबद्धता लिएर जनताको बीचमा आफु नाच्दै भोट मागेर हिडेको उनी बताउछन् ।

नेता शाही कालिकोटको लोक प्रिय सस्कृति हुड्केउली गीतमा चाच्दै जनतालाई नचाउदै जनताको मन जितेर चुनावी अभियानमा दौडिरहेका छन् । प्रदेश निर्वाचन क्षेत्र (ख)बाट शुरु गरेको बाम, लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान प्रदेश निर्वाचन क्षेत्र (क)मा प्रवेश गरेको छ ।