

कालिकोट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कालीकोटका प्रतिनिधिसभा उम्मेदवार महेन्द्र बहादुर शाहीले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएका छन् । शाही अहिले कालिकोटको विभिन्न पालिकामा आफ्नो राजनीति योजण्डा लिएर अभियानमा व्यस्त रहेका छन् ।
शाहीसँगै उक्त अभियानमा समानुपातिक उम्मेदवार गंगा खड्का वोगटी तथा निर्वाचन परिचालन मूल समिति संयोजक जीवन बुढा र सह–संयोजक तुलराज सिमखाडाको उपस्थितिमा जिल्लाका विभिन्न स्थानीय तहमा चुनावी कार्यक्रमहरू गरिदै आएको छ ।
नेकपाद्वारा आयोजना गरिएका उक्त कार्यक्रमहरू पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, महाबै गाउँपालिका, शुभकालिका गाउँपालिका, सान्नि त्रिवेणी गाउँपालिका तथा पलाता गाउँपालिकामा क्रमशः विभिन्न मितिमा कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रम अन्तर्गत पार्टीको नीति, कार्यक्रम तथा आगामी योजनाबारे जनतालाई जानकारी गराइनुका साथै स्थानीय जनसमुदायसँग अन्तरक्रिया गरिने नेकपाले जनाएको छ । कार्यक्रममा सहभागी नेताहरूले जनताको हकहितका लागि नेकपा प्रतिबद्ध रहेको बताउँदै आसन्न निर्वाचनमा पार्टीका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्दै आएका छन् ।
अहिलेसम्म पचालझरना गाउँपालिका,रास्कोट नगरपालिका,नरहरिनाथ गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेका छन् भने जिल्लाको अन्य स्थानीय तहहरुमा कार्यक्रम हुन बाँकी छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका अनुसार खाँडाचक्र नगरपालिका — १७ गते, तिलागुफा नगरपालिका — १९ गते,महाबै गाउँपालिका — २० गते, शुभकालिका गाउँपालिका — २१ गत,सान्नि त्रिवेणी गाउँपालिका — २२ गते, पलाता गाउँपालिका — २३ गते चुनावी कार्यक्रम हुने जनाएको छ ।

झिल्को खबर । १७ माघ २०८२, शुक्रबार २१:४६