छत्र र काँजलको हेर त ऐनामा सार्बजनिक

सुर्खेत । पछिल्लो समयका लोक दोहोरी तथा चर्चित देउडा गायक छत्र शाही र काँजल जोशीको हेर त ऐनामा लोक गीत सार्बजनिक भएको छ ।

छत्र शाहीको शब्द रचना र संगित रहेको उक्त लोक दोहोरी गीत छत्र शाही युटुव च्यानलबाट आइतवार सार्बजनिक भएको हो ।

लोक दोहोरी क्षेत्रमा पछिल्लो समय छत्र शाही र काँजल जोशी चर्चित जोडीको रुपमा स्थापित छन् । छत्र र काँजल चर्चित लोक दोहोरी कार्यक्रम इन्द्रेणीमा कार्यरत छन् । ‘हेर त ऐनामा’ म्युजिक भिडियोमा कलाकार सुनिल क्षेत्री र विपशा कडराले अभिनय गरेका छन् ।

छत्र र काँजलको जोडी दर्शकले अत्याधिक मन पराएको जोडीको रुपमा पर्दछ ।