सुर्खेत । कर्णाली प्रदेश सरकारले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीका परिवारलाई प्रदेश सरकारको तर्फबाट ३ लाख राहत दिने निर्णय गरेको छ ।
बुधवार बसेको कर्णाली प्रदेश सरकरको मन्त्री परिषदको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं प्रदेश सरकारका प्रबक्ता कृष्ण बहादुर जिसीले जानकारी दिए ।
प्रवक्ता जिसीका अनुसार मन्त्री परिषदको उक्त बैठकले नेपाल बार एशोसियनको नियमित बार्षिक साधारण सभाको लागि रु १५,००,०००÷– (पन्ध्र लाख) सहयोग÷ अनुदान प्रदान गर्ने र पछिल्लो समय कर्णालीमा परेको अविरल वर्षा तथा हावाहुरी लगायत प्राकृतिक प्रकोपवाट कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भएको बालीनाली तथा पशुपन्छीहरु क्षति भएकोमा कृषकहरुलाई राहात प्रदान गर्न रु ६,००,००,०००÷– (६ करोड) बजेट समेत मन्त्री परिषदबाट स्वीकृत गरिएको छ ।
झिल्को खबर । २४ आश्विन २०८०, बुधबार १४:४८