सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकामा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले शनिवार उद्घाटन गरेका छन् ।
पचालझरना गाउँपालिका वडा नं. ५ स्थित पन्चकालिका मावि बाँचकोटमा अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको संचालन भएको छ ।
नेता शाहीले खेलाडीहरुको जग भनेको नै विद्यालय भएकोले पचालझरना गाउँपालिकाबाट उत्पादन हुने खेलाडीले जिल्ला प्रदेश हुदै केन्द्र स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा भाग लिएर मेडल जित्न सक्छन् भन्नेमा आफु विश्वस्त रहेको बताए ।
‘विद्यार्थीहरुले खेल क्षेत्रमा सहभागिता हुदा लामो सोचका साथ सहभागि हुनु पर्छ, ‘नेता शाहीले भने, ‘सफल भएका खेलाडीहरुको जीवनलाई पढ्ने हो भने उनिहरुले खेल जीवनमा गरेका संघर्षहरु निकै कष्टपूर्ण छन् । तर त्यो जीवनको संघर्ष पढेर आत्तिने होइन सिक्ने हो अनि मात्र आफु खेल क्षेत्रमा सफल भइन्छ ।’
उक्त उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीहरुको लागि परिषदको सिफारिसमा कर्णाली प्रदेश सरकारले पुरस्कारको व्यावस्था गरेकाले त्यो पुरस्कारको दाबेदार पचालझरना गाउँपालिकाबाट पनि हुने गरी तयारी गर्न खेलाडीहरुलाई निर्देशन दिए । मेहनत ग¥यो भने असम्भव भन्ने केहि हुदैन भन्दै सदस्य सचिव संज्यालले आज गाउँपालिकाबाट छनौट भएका विद्यार्थी भखेलाडीहरुले भोलि जिल्ला हुदै प्रदेशबाट केन्द्र स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा नेपालमा पचालझरनाको नाम जस्तो चिनिएको छ त्यसै गरी खेलाडीहरुले पनि नाम चिनाउन सफल हुनेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रमको गाउँपालिका अध्यक्ष देवजन शाही ‘अग्नी’ले अध्यक्षता गरेका थिए । उक्त कार्यक्रममा गाउँपालिका स्थित सबै विद्यालय ,खेल सम्बम्द्ध सरोकारवाला, राजिनिति दल, सबैको सहभागिता रहेको थियो ।
झिल्को खबर । २८ आश्विन २०८०, आईतवार ०७:३८