

कर्णाली प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरूमा फरार अभियुक्तहरूलाई पक्राउ गर्ने अभियान अन्तर्गत पछिल्ला ६ दिनमा २७ जना फरार अभियुक्तहरू पक्राउ परेका छन्।
प्रहरीका अनुसार ती अभियुक्तहरू विभिन्न अपराधमा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तोकिएका थिए। अदालतको फैसला कार्यान्वयन छली उनीहरू फरार रहेका थिए भने कर्णाली प्रदेश प्रहरी कार्यालयले विशेष निगरानी, सुराकी र रणनीतिक अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरी सम्बन्धित अदालतमा पेश गरेको जनाएको छ।
पक्राउ परेका अभियुक्तहरूबाट हालसम्म जम्मा ३२ वर्ष ११ महिना २० दिन कैद सजाय र रु। २३,१०० बराबरको जरिवाना असुल गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरी श्रोतका अनुसार अदालतको आदेशको कार्यान्वयन गर्दै न्याय सम्पादनमा सघाउने उद्देश्यले फरार अभियुक्तहरूलाई खोजी–पक्राउ गर्ने अभियानलाई थप तीव्र बनाइएको छ। यस्तो अभियानले अपराधमुक्त समाज निर्माणमा सहयोग पुर्यासउने विश्वास प्रहरीको छ।
प्रहरीले सर्वसाधारणलाई पनि फरार अभियुक्तहरू सम्बन्धी सूचना दिन आग्रह गरेको छ, जसले गर्दा अदालतको निर्णय शीघ्र कार्यान्वयन हुन सकोस्।

झिल्को खबर । ३० जेष्ठ २०८२, बिहीबार ०७:३८