रारा कप कबड्डी प्रतियोगिता प्रथमको लागि महिलाःसल्यान र सुर्खेत पुरुषःदैलेख र सुर्खेत भिड्ने

मुगु । कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग र खेलकुद विकास समिति मुगुको आयोजनामा बुधबारबाट मुगु हुटु रारा तालको किनारमा ‘रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिता’को उपाधिको लागि पहिलातर्फ सल्यान र सुर्खेत भिड्ने भएका छन भने पुरुषतर्फ दैलेख र सुर्खेत भिड्ने भएका छन् ।

बुधवार भएको पहिलो खेलमा महिला कबड्डी टिम तर्फ तीन वटा खेल मध्ये पहिलो खेलमा सुर्खेत र मुगु, बीच भएको खेलमा सुर्खेत बिजयी भएको थियो भने दोस्रो खेलमा जुम्ला र जाजरकोट बीच भएको खेलमा जाजरकोट बिजयी भयो । त्यस्तै तेस्रो खेलमा सल्यान र दैलेख बीच भएको खेलमा सल्यान बिजयी भयो ।

बिहिवार कालिकोट र सुर्खेतबीच भएको खेलमामा सुर्खेत बिजयी भयो भने जाजरकोट र सल्यानबीच भएको खेलमा सल्यान बिजयी भयो । महिला कबड्डी खेलमा फाइनलको लागि सल्यान र सुर्खेत भिड्ने भएका छन् । ‘रारा कप खुल्ला महिला÷पुरुष कबड्डी प्रतियोगिता’को महिलातर्फ तेस्रो कालिकोट र जाजरकोट भइसकेका छन् ।

त्यस्तै पुरुषतर्फ पहिलो गेम जुम्ला र रुकुमबीच भएको खेलमा रुकुम बिजयी भयो भने दोस्रो खेलमा कालिकोट सुर्खेत बीच भएको खेलमा सुर्खेत बिजयी भयो । त्यस्तै तेस्रो खेलमा सल्यान र मुगुबीच भएको खेलमा सल्यान बिजयी भयो भने चौथो खेलमा पश्चिम रुकुम र दैलेखबीच भएको खेलमा दैलेख बिजयी भयो । पाचौं खेलमा डोल्पा र जाजरकोट बिच भएको खेलमा जाजरकोट बिजयी भयो भने छैटौं खेलमा सुर्खेत र सल्यान बीचमा भएको खेलमा सुर्खेत बिजयी भयो । सातौ खेलमा जाजरकोट र दैलेखबीच भएको खेलमा दैलेख बिजयी भयो भने फाइनलको लागि दैलेख र सुर्खेत भिड्ने भएका छन् ।
त्यस्तै पुरुषतर्फ तेस्रो जाजरकोट र सल्यान भइसकेमा छन् ।

फाइन खेल भने पहिला पुरुषको शुक्रवार हुने भएको छ ।