सुर्खेत । कर्णाली प्रदेश स्तरीय टेवल टेनिस छनौट प्रतियोगिता आइतवार देखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा सुरु भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग र कर्णाली प्रदेश टेवल टेनिस संघको आयोजनामा निर्माणाधिन प्रदेश रंगशाला भित्र रहेको कवर्डहलमा आइतवार कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले प्रतियोगिताको उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव संज्यालले पछिल्लो समय कर्णाली प्रदेश खेलकुद विकास परिषदले आफ्नो खेल गतिबिधिलाई प्रथामिकता दिएर अगाडी बढेको भन्दै यो प्रदेश स्तरीय टेवुल टेनिस छनौट प्रतियोगिताबाट छनौट भएको खेलाडीहरुले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने गरी आफ्नो तयारी थाल्नु पर्ने बताए ।
‘कर्णाली प्रदेशले दुई अंकको स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ त्यसको लागि कर्णाली प्रदेशका सम्पूर्ण खेलाडीहरुले हिजो भन्दा आउने दिनमा खेल प्रति झन लगानशिल्ता देखाउनु पर्ने छ, ‘सदस्य सचिव संज्यालले भने,’ ‘त्यसको लागि कर्णाली प्रदेश खेलकुद विकास परिषदको के कति सहयोग चाहिन्छ हामि तयारीमा छौ ।’
कणालीमा प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमा पहिलो पटक आयोजना गरिएको प्रदेश स्तरीय टेवल टेनिस छनौट प्रतियोगिताले टेवल टेनिस खेलाडीहरुमा ठुलो हौसला मिलेको कर्णाली प्रदेश टेवल टेनिस संघका अध्यक्ष देविराम देवकोटाले बताए ।
दुइ दिनसम्म चल्ने उक्त प्रतियोगिताले कर्णालीका टेवल टेनिस खेलाडीहरुको क्षमता अभिवृद्धि हुने भन्दै अध्यक्ष देवकोटाले आर्थिक सहयोग गरेकोमा कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई धन्यवाद दिए ।
झिल्को खबर । ३० बैशाख २०८१, आईतवार १४:०३