सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकाले आर्थिक बर्ष २०८१÷०८२ को प्रस्तावित निति तथा कार्यक्रम सोमवार १३ औं गाउँ सभा मार्फत सार्वजनिक गरेको छ ।
प्रस्तावित निति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष देवराज शाहीले पालिका विकासको लागि सुशासन तथा सार्वजनिक सेवा प्रवाहा,भवन तथा पूर्वाधार विकास,आर्थिक विकास,सामाजिक विकास,वन वातावरण तथा विपत व्यवस्थापनको क्षेत्रमा काम गर्ने गरि गाउँपालिका सरकारले प्रस्तावित निति तथा कार्यक्रम तयारी गरेको बताए ।
प्रस्तावित निति तथा कार्यक्रममा गाउँपालिका भित्र एक बहुमुखि क्याम्पसको स्थापना देखि पालिका भित्रका कृर्षकहरुलाई प्रोत्साहन स्वरुप अनुदान र रैथाने बालिको संरक्षणसम्मका कार्यक्रम सार्वजनिक गरिएको छ ।
अध्यक्ष शाहीले निति तथा कायक्रम सार्वजनिक गर्दै हरियो खेतबारी मेरो जिम्मेवारी भन्ने मुल मर्मलाई सार्थक बनाउन गाउँपालिका भित्र रहेको बाँजो जमिनलाई प्रयोगमा ल्याएर यसको उपयोग गर्ने बताए ।
नेपालको सबैभन्दा अग्लो झरनाको रुपमा रहेको पचालझरनाको प्रचार प्रसारको लागि प्रदेश राजधानी,जिल्ला र गाउँपालिकाको प्रवेश द्वारहरुमा पचालझरनाको बोर्ड वा जानकारी मुलक साइनवोर्डहरु राख्ने निति लिएको भन्दै अध्यक्ष शाहीले यो आर्थिक बर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुनको लागि आमाहरुलाई प्रोत्साहान गर्न माइतीको नासो कार्यक्रम र मेरो आमालाई निम्तो कार्यक्रम संचालन गर्ने बताए ।
महिला माथि हुने विभिन्न खालका हिंसालाई अन्त्य गर्न र मानिसबीच हुने विभिन्न खालका विभेदलाई अन्त्य गर्न पर सर्ने होइन अब घर सर्ने हो भन्ने नारा सहित गाउँपालिका भित्र सचेतना कार्यक्रम संचालन गरिने अध्यक्ष शाहीको भनाई छ ।
अध्यक्ष शाहीका अनुसार गाउँपालिकाले सार्वजनिक गरेको प्रस्तावित निति तथा कार्यक्रमहरुमा बाल बिवाहा न्यूनिकरण गर्नको लागि मेलापात होइन पढ्न देउ बिवाहा होइन बढ्न देउ जस्ता नारा सहित सचेनता मुलक कार्यक्रम संचालन गरिने छ ।
गाउँपालिका भित्रका नागरिकहरुको १८ बर्ष देखि ६० बर्षसम्मका नागरिकको एक व्यक्ति एक बैंक खाताको निति लिएको गाउँपालिकाले अब देखि गाउँपालिकासँग आर्थिक कारोवार गर्दा सम्बन्धित व्यक्तिको खातामा कारोवार गर्ने निति लिएको छ । गाउँपालिका यो भन्दा अगाडी उपभोक्ता मार्फत भुक्तानी हुदै आएको आर्थिक कारोवारलाई अब आउने आर्थिक बर्षबाट कामदारको खातामा भुक्तानी दिने निति लिएको छ ।
यस्तो छ गाउँपालिका को आर्र्थिक बर्ष २०८१÷०
झिल्को खबर । १२ असार २०८१, बुधबार १०:५१