सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा वर्थिङ सेन्टरको उद्घाटन गरिएको छ ।
अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काले आइतवार वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् । उक्त वर्थिङ सेन्टरको उद्घाटन गर्दै प्रा.डा. खड्काले प्रदेश अस्पतालमा सुरक्षित प्रसुतिका लागि वर्थिङ सेन्टर संचालनमा ल्याएको बताए ।
नेपाल सरकारको मिनिमम सर्भिस स्ट्याण्डर अनुसार प्रदेश अस्पताल सुर्खेतमा पहिला नै वर्थिङ सेनटर हँुनु पर्ने भए पनि बजेट अभावका कारण संचालन गर्न नसकिएको भन्दै प्रा.डा.खड्काले यो पटक वान हट वल्ड वाइट संस्थाको सहयोगमा वर्थिङ सेन्टर संचालनमा ल्याएको बताए ।
अस्पतालमा कार्यरत वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.अमित सिंहले वर्थिङ सेन्टर संचालन भएकोमा खुशी व्यक्त गरे । उनले धेरै विरामी कुरुवाहरुको गुनासो आफ्नो विरामी भेट्न लेबर रुपमा जान पाएनौ भन्ने थियो अब यो वर्थिङ सेन्टरको स्थापनासँगै ती गुनासा मेटिदै जाने बताए ।
यस्तै अस्पतालको नर्सिङ प्रमुख सकुन्तला सापकोटाले वर्थिङ सेन्टर स्थापनाले आफुलाई धेरै खुशी लागेको भन्दै यसको मुख्य उदेश्य भनेको दक्ष प्रसुतिकर्मीद्वारा घरेलु वातावरणमा इच्छाइएको व्यक्तिसँगै राखेर कसुत्केरी गराइने भएको हुँदा सुत्केरीले पनि आफुलाई सुरक्षित महसुस गर्ने बताइन् ।
झिल्को खबर । १७ भाद्र २०८१, सोमबार ०७:२०