कर्णालीका मुख्यमन्त्री शर्माले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।