मैत्रीपूर्ण भलिबल खेलमा महिला पत्रकारको टिमलाई हराउदै महिला सांसदको टिम विजयी

सुर्खेत । कर्णाली खेलकुद विकास परिषद्को स्थापना दिवसको अवसरमा आयोजित महिला पत्रकार र महिला जनप्रतिनिधिबीच भएको मैत्रीपुर्ण भविवल प्रतियोगितामा महिला पत्रकारहरुको टिम पराजित भएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को तेस्रो स्थापना दिवसको अवसरमा शनिवार सुर्खेत जिल्ला खेलकुद विकास समितिको प्राङ्गगणमा भएको भलिवल प्रतियोगितामा महिला जनप्रतिनिधिको टोलीले पत्रकार महिलाको टोलीलाई पराजित गरेको हो ।

खेलको पहिलो सेटमा महिला पत्रकारले जितेका थिए । ९ का विरुद्ध २५ अंक प्राप्त गरी महिला पत्रकारले पहिलो सेटमा जितेका हुन् । यसैगरी दोस्रो सेटमा महिला जनप्रतिधिहरुले विजय प्राप्त गरेका थिए । तेस्रो सेटमा पनि महिला जनप्रतिनिधिले १५ अंक ल्याइ विजय प्राप्त गरेका हुन् ।

खेलमा महिला जनप्रतिनीधिको तर्फबाट कल्याणी खड्का, विजया बुढा, लक्ष्मी सुनार, गैमता विक, रजनी योगी, सिता आचार्य, आस्था खड्का, सुमिता थापा, राजकुमारी हमाल र महिला पत्रकारको तर्फबाट अप्सरा विष्ट, यामुना शाही, कल्पना हमाल, लक्ष्मी हमाल, प्रभा रावत, रमा केसी, भावना राना, कल्पना ढेङ्गामगर, सिर्जना बुढाथोकी लगायतका महिलाहरु रहेका थिए ।

खेलको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकास पन्त्री खड्ग बहादुर पोखरेलले गरेका थिए भने उक्त मैत्रीपूर्ण भलिबल प्रतियोगिताको रेफ्रीको भुमिकामा भलिबल प्रशिक्षक मोतिराम रम्तेलले रहेका थिए ।