सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले विहिवार पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।
नेकपा (माओवादी केन्द्र)कर्णाली प्रदेश सभा संसदीय दल नेता शर्मालाई प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बुधवार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री शर्मालाई नेकपा एमाले, राप्रपा र एकृत समाजबादीको समर्थन रहेको छ ।
मुख्यमन्त्री शर्माले पद तथा गोपनियताको शपथ लिएसँगै बुधवार नै कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा पदभार समालेका छन् ।
यस्तै मुख्यमन्त्री शर्माले आजै एमालेबाट विनोदकुमार शाह र माओवादी केन्द्रबाट मंगल शाहीलाई विना विभागीय मन्त्रीमा नियुक्त गरे । विना विभागीय मन्त्री शाह र शाही दुवै जनाले प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
झिल्को खबर । २८ पुष २०७९, बिहीबार १८:३३