प्रदेश अस्पताल नजिकका पसलबाट २० हजार बराबरको मदिरा नष्ट

सुर्खेत, कर्णाली प्रदेश अस्पताल कालागाउँ प्रवेशद्धार नजिक रहेका नास्ता पसलहरुबाट २० हजार बराबरको मदिरा र सुर्तिजन्य पदार्थ नष्ट गरिएको छ ।

कर्णाली प्रदेश अस्पतालले पटक पटक पसल संचालकहरुलाई नास्ता पसलहरुबाट मदिरा र सुर्तिजन्य पदार्थ बिक्रि नगर्न अनुरोध गरे पनि नास्ता पसल संचालकहरुले अटेरी गर्दै आएका थिए ।

बुधवार राति ११ बजे सम्म नास्ता पसलहरुमा हो हल्ला भएपछि प्रहरी र वडा नं. ६ का जन प्रतिनिधिको सहयोगमा अस्पताल प्रशासनले मदिरा सहित केहि सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

‘अस्पताल नजिक पसलहरुमा मदिरा बिक्रि नगर्न हामिले अस्पतालको तर्फबाट पटक पटक आग्रह ग¥यौ तर उहाँहरुले अटेर गरिरहनु भयो, ’ ‘अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले भने, ‘अस्पताल नजिक मदिरा किन बेच भएका कारण अस्पतालमा मदिरा सेवन गरी अस्पताल भित्रै झैझगडा धेरै पटक भइसक्यो कैयौको प्रहरी प्रशासनमा उजुरी समेत परेको छ,।’

निर्देशक प्रा.डा. खड्काका अनुसार मदिरा सेवन गरी अस्पतालमा प्रवेश गर्नेहरुले अस्पतालका कर्मचारीहरुलाई समेत हातपात गर्ने गरेको र त्यहि कारण कर्मचारीहरुमा काम गर्ने मनवोल ह्रास हुदै गएका कारण अस्पतालका कर्मचारीहरुले मदिरा सेवन गरेकाहरुबाट मानसिक टचर निकै सहनु परेको समेत उल्लेख गरे । अस्पताल उपचार गर्न आउने ठाउँ हो तर यहाँ उपचार गराउने भन्दा मदिरा सेवन गर्नेहरुले अस्पताल हाताभित्र जथाभावि गर्ने गरेका कारण नजिकका पसलहरुमा हामीले मदिरा र सुर्तिजन्य पदार्थ विक्रि वितरणमा रोक लाउने खाजेका हौ उनले भने,।’