सुर्खेत महिला जेसीजको होली मिलन कार्यक्रम मानवसेवा आश्रममा

सुर्खेत । सुर्खेत महिला जेसीज बर्ष २०२५ को होली मिलन कार्यक्रम सुर्खेत स्थित मानवसेवा आश्रममा सम्पन्न भएको छ ।

सुर्खेत महिला जेसीज बर्ष २०२५ का अध्यक्ष कमला बस्याल ‘देवकोटा’सहितको टोलिले सुर्खेत स्थित मानवसेवा आश्रममा गई त्यहाँ रहेका आमावुवा तथा छोराछोरीहरुको साथमा विहानको भोजन अर्पण गर्दै संयुक्त रुपमा होली मनाएको मानवसेवा आश्रमले जनाएको छ ।

आश्रमका गरिमा लक्षमिनारायणको साथमा होली पर्व उत्साहको साथ आश्रममा मनाएकोमा सुर्खेत लेडि जेसीज बर्ष २०२५का अध्यक्ष कमला बस्याल ‘देवकोटा’ र होली विषेश कार्यक्रमको प्रमुख अतिथि ज्योति पौडेललाई आश्रमले धन्यवाद दिएको छ ।

मानवसेवा आश्रममा सुर्खेत महिला जेसीज बर्ष २०२५ को पदाधिकारी टोलिले होली पर्ब मनाउदा पाउदा आफुलाई खुसी लागेको बर्ष २०२५ का अध्यक्ष कमला बस्याल ‘देवकोटा’ले जानकारी दिइन् ।