पोखरा । अखिल(क्रान्तिकारी)अध्यक्ष पञ्चा सिंहले मंसिरको निर्वाचनपछि नेकपा माओवादी केन्द्र मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् ।
अखिल(क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्ने क्रममा माओवादी केन्द्र को केन्द्रीय कमिटी सदस्यसमेत रहेकी नेतृ सिंहले यस्तो दाबी गरेकी हुन् ।
मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने र गठबन्धनको दोस्रो ठूलो शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने अध्यक्ष सिंहले दावि गरिन् ।
तीन महिने अभियान सञ्चालन गरेको अखिल(क्रान्तिकारी)ले सुदूरपश्चिम, लुम्बिनी, कर्णालीसहित एक नम्बर प्रदेशमा भेला सकिसकेको र वाग्मती प्रदेश र मधेस प्रदेशका भेला र कार्यक्रमहरु साउन महिनाभित्र सम्पन्न हुने अखिल (क्रान्तिकारी)का महासचिव दिपेश पुनले जानकारी र्दिए ।
। २१ श्रावण २०७९, शनिबार ०९:२४