जोशीको बाआमा भदौ १७ मा लोकार्पण हुदै

काठमाडौं, मदन पुरस्कार विजेता ऐनाका लेखक रामलाल जोशीको अर्को पृथक कृति बाआमा यहि भदौ १७ गते लोकार्पण हुने भएको छ ।

डबली, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा दिउँसो २ बजे बाआमा कृति लोकार्पण हुन लागेको कृतिका लेखक रामलाल जोशीले जानकारी दिए ।

बाआमा कृति लोकार्पण समारोहमा वक्ताको रुपमा नेपाली फिल्म क्षेत्रका महानायकको उपाधि पाएका अभिनेता राजेश हमाल, नेपाली काँग्रेसका महामन्त्री एवं युवा नेता गगन कुमार थापा, नयनराज पाण्डे र सगुना थापा रहेका छन् ।

कृति बुक हिलले प्रकाशनमा ल्याएको छ ।