डिभिजन वन कार्यालय जाजरकोटका प्रमुखमाथि कार्यकक्षमै हातपात

सुर्खेत । जाजरकोटका डिभिजन वन कार्यालय प्रमुख अमरप्रसाद शाहमाथि एक अज्ञात समूहले कार्यकक्षमै हातपात भएको छ। आइतवार दिउँसो साढे ३ बजे उहाँको कार्यालयमा काम गरिरहेको समयमा चार जनाको समूहले हातपात गरेको हो।

डिभिजन वन कार्यालयका सूचना अधिकारी अजय रावलले वीरबहादुर शाहीसहित चार जनाले प्रमुख शाहमाथि हातपात गरेको जानकारी दिए । उनले ठेगाना भने खुल्न नसकेको बताए । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले घटनाको पुष्टि गर्दै हातपात कसले र किन ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

केही दिनअघि प्रमुख शाहसहित अन्य कर्मचारी कार्यालयमै बसेर मदिरा सेवन गरिरहेको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि शाहमाथि हातपात भएको हुनसक्ने अनुमान गरिएको छ।