

सुर्खेत । सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको २४औं वर्ष सफलतापूर्वक पूरा गरी २५औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संस्थाले आफ्ना शेयर सदस्य, संरक्षक, पूर्वअध्यक्ष, सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरिवेक्षक समिति, विभिन्न उप–समिति, कर्मचारी तथा शुभेच्छुकप्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ।
संस्थाले हालको चुनौतीपूर्ण आर्थिक परिस्थिति हुँदाहुँदै पनि आफ्ना गतिविधिलाई निरन्तर अगाडि बढाउँदै लगिएको उल्लेख गर्दै सदस्यहरूको साथ र विश्वासकै कारण सहकारीको योगदान प्रभावकारी बन्दै गएको जनाएको छ।
गत आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले उत्साहजनक कारोवार गरेको उल्लेख गर्दै संस्थाले समयमै प्रगतिमा सकारात्मक प्रभाव पार्न सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको बताएको छ। सहकारीका अध्यक्ष पूर्णबहादुर नेपाली, सचिव मिलन श्रेष्ठ र व्यवस्थापक प्रवेशमान मानन्धरले आगामी दिनमा अझ पारदर्शिता, सेवा र सहकार्यलाई प्राथमिकता दिँदै सहकारी क्षेत्रलाई थप प्रभावकारी बनाउन प्रतिबद्ध रहने बताएका छन्।

झिल्को खबर । ३२ श्रावण २०८२, शनिबार १२:४४