केन्द्रको सर्कुलर विपरित नेकपा जुम्लाबाट प्रतिनिधि सभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी जुम्लाले पार्टी केन्द्रको सर्कुलर विपरित आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

सिफारिस गरिएका सम्भावित प्रत्यक्षतर्फका उम्मेदवारहरुमा नरेश भण्डारी, दल बहादुर जिसी, नमराज न्यौपाने, अम्मराज शाही र हरि रावल रहेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीले ४ पौषमा एक सर्कुलर जारी गर्दै प्रतिनिधिसभा निर्वाचनको लागि एक निर्वाचन क्षेत्रबाट एक जेन्जी एक महिला सहित पाँच जनाको नाम सिफारिस गर्न सर्कुलर गरे पनि जुम्लाले भने जेन्जी र पहिलाको प्रतिनिधित्व नगरी पाँच जनाको नाम सिफारिस गरेको हो ।

नेकपा जुम्लाका नेता नविन शर्माका अनुसार पार्टी जिल्ला कमिटीको छलफलपछि सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरिएको बताए ।

उनले पार्टी बैठकमा महिला र जेन्जी कसैको पनि उम्मेदवार नपरेका कारण जेन्जी र पहिलाको प्रतिनिधित्व नगरेको स्पष्ट पारे ।