महिला माथि हुँने हिंसा अहिले पनि रोकिएका छैनन्ः नगर प्रमुख ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले महिलाहरु माथि हुँने हिंसा अहिले पनि नरोकिएको बताएकी छन् । अहिले विश्वभर महिलाहरुले अधिकारकै लागि आवाज उठाउनु परेको भन्दै उनले नेपालमा महिलाहरुले आफ्नो अधिकारको लागि लड्न सक्ने हिक्मत जुटाउन आवश्यक रहेको बताइन् ।

‘पछिल्लो समय महिलाहरु सशक्तहुँदै गएका छन् तर उनीहरु माथि हुने हिंसा भने रोकिएको छैन,’नगर प्रमुख ढकालले भनिन्,‘ विद्युतीय अपराध बढ्दै गएको र त्यसको मारमा महिला धेरै पर्ने गरेका छन् । पुरुषले जित्दा प्रमाणित गर्न नपर्ने महिलाले जित्दा प्रमाणित गर्नु परेको छ ।’

‘सबै महीला तथा बालिकाको लागि अधिकार समानता र सशतिmकरण’ भन्ने मुल नाराको साथ वीरेन्द्रनगर सुर्खेतमा आयोजना भएको ११५ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आइतवार अन्तरपार्टी महिला सञ्जाल सुर्खेतले गरेको कार्यक्रममा नगर प्रमुख ढकालले यस्तो बताएकी हुन् ।

महिला,अधिकार, महिला सशक्तिकरण र समानताका विषयहरु अहिले विश्वभर नै यस दिवसका विषय बन्ने गरेको भन्दै नगर प्रमुख ढकालले यो दिवस मनाउन थालिएको शताब्दि पुगे पनी अहिले विश्वभर नै महिलाले समानता र आफ्ना अधिकारका लागि आवाज उठाइरहनु परेको बताइन् ।

यस्तै कार्यक्रमको सहजीकरण गर्दै कमल राज लम्सालले राजनितिकदलमा महिला सहभागिता बढाउने , निर्वाचनमा महिला उम्मेदवारको सख्या बढाउने , कर्मचारी तन्त्रमा महिला सहभागी बढाउने , महिला सशतिmकरण गर्नुपर्ने लगायतको सुझाव दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा भर्खरै मात्रै दुई जना किशोरीको प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण जघन्य घटना घटेको स्मरण गर्दै महिलाले अझै आफ्नो अधिकार, न्याय र समानताका लागि भने आवाज बुलन्द गर्नु पर्ने आवश्यक रहेको ललिता रेग्मीले बताइन् । उक्त कार्यक्रममा विभिन्न राजनितिक दलका महिला नेतृहरुको सहभागिताभएको थियो ।