

सुर्खेत । महिला उद्यमी महासंघ नेपालमा आवद्ध भई सक्रिय रूपमा कार्यक्रम सञ्चालन गर्दै कालिकोट जिल्लाका महिला उद्यमीहरूको उद्यमशीलता विकास तथा आर्थिक सशक्तीकरणका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै मधु शाही नेतृत्वको महिला उद्यमी संघ नेपाल, कालिकोटलाई सान्त्वना उत्कृष्ट संघ घोषणा गरिएको छ ।
संघकी अध्यक्ष मधु शाहीको नेतृत्वमा महिला उद्यमी संघ नेपाल, कालिकोटले जिल्लामा रहेका महिला उद्यमीहरूको क्षमता विकास, उद्यम प्रवद्र्धन तथा आत्मनिर्भरता अभिवृद्धिका लागि निरन्तर रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
महिला उद्यमी महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभा तथा १० औँ महाधिवेशनको अवसरमा, यहि पौष ६ र ७ गते काठमाडौंमा आयोजित कार्यक्रममा उक्त संघलाई औपचारिक रूपमा सम्मान–पत्र प्रदान गरेको हो ।
महासंघले महिला उद्यमी संघ नेपाल, कालिकोटले महिला उद्यमशीलताको विकास र आर्थिक सशक्तीकरणमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस्तै सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेको छ ।
सम्मान पछि कालिकोट अध्यक्ष मधु शाहीले आउने दिनमा महिलाहरुको लागि उद्यमशिलता मार्फत काम गर्न झन हौसला बढेको बताएकी छन् । उनले यो सफलता आफ्नो मात्र नभएर यो पुरै महासंघको भएको सम्मान पछि प्रतिक्रिया दिएकी छन् ।

झिल्को खबर । १७ पुष २०८२, बिहीबार १८:३३