रोकायाको दोस्रो कृति सहिद गाथा बजारमा

कैलाली । माओवादी जनयुद्धकाल देखि सुदूरपश्चिमका स्थापित कलाकार एवं सर्जक डम्वर रोकाया (राकेश)को दोस्रो कृति सहिद गाथा प्रकाशित भएको छ ।

रोकाया माओवादी जनयुद्धमा सास्कृतिक कर्मीको रुपमा तत्कालिन सेति महाकाली र भेरी कर्णालीमा कार्यरत थिए । उनले जनयुद्धको समयमा लेखेका थुप्रै गीतहरु अहिले पनि माओवादी वृतमा चर्चित छन् ।

अछाम रामारोशनका स्थायी बासिन्दा रोकायाले भरखरै प्रकाशन गरेको सहिद गाथा भाद्र २१ गते माओवादी अध्यक्ष प्रचण्डले धनगढीमा विमोचन गरी सार्वजनिक गरिएको हो । माओवादी जनयुद्धमा अछाम जिल्लाबाट साहदत प्राप्त गर्ने सहिदहरुको विवरण पुस्तकमा समोश गरिएको लेखक रोकायाले बताए ।

रोकायाले यो भन्दा अगाडी एक सस्मरण संङ्ग्रह (स्मृतिका गाथा ) प्रकाशित गरेका छन् । उनी पछिल्लो समय माओवादी निकट जन सास्कृतिक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष समेत छन् । लेखन गायन क्षेत्रमा स्थापित रोकायाले थुप्रै गीत पनि आफ्नै स्वरमा रेकर्ड गराइसकेका छन् ।