वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाका नवनिर्वाचित ४० जना सांसदले सोमबार अपरान्ह पद तथा गोपनीयताको शपथ लिएका छन् । सांसदहरूलाई ज्येष्ठ सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
ज्येष्ठ सदस्य शाहले कर्णाली प्रदेश प्रमुख तिलक परियारबाट बिहान ११ बजे शपथ लिएका थिए । ६६ वर्षीय शाह दैलेख २ ‘ख’ बाट एमाले प्रदेश अध्यक्षसमेत हुन् ।
कर्णाली प्रदेशसभामा कांग्रेसबाट १४, माओवादीबाट १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक÷एक सांसद छन् ।
झिल्को खबर । ११ पुष २०७९, सोमबार १८:०५