सुर्खेत । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले देशमा आर्थिक समृद्धिको खोजि गरी विदेशीयका युवालाई फिर्ता बोलाएर नेपालमै रोजगारीको सृजना गर्नु पर्ने बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै नेता शाहीले संसदका बैठक चुनावी सभा जस्तो भएको भन्दै सत्ता र मन्त्री पद पाउनको लागि हानथाप मात्रै भएको बताए ।
संघीय सरकारले विभिन्न ऐन कानुन बनाउन नसकेका कारण नेपालमा नागरिकलाई संविधानले दिएको अधिकार पनि सुनिश्चित गर्न नसकिएको भन्दै उनले संविधानको कार्यन्वयन नभएका कारण जनतामा निरासा छाएको बताए ।
पछिल्लो समय संविधान निर्माण पछि देश संघीयतामा गए पनि संविधानमा व्यवस्था भए बमोजिम प्रदेश र स्थानीय तहले प्राकृतिक श्रोत बाडफाडमा समान अधिकार नपाउदा आत्म निर्भर हुन नसकेको बताए । ‘तलका सरकार केन्द्रको अनुदानको भरमा चल्दै आएका छन् । प्रदेश सरकारका मन्त्री प्रदेशका हुने सचिव संघीय सरकारका भएका कारण काम गर्न अप्ठ्यारो भएको छ,’ ‘नेता शाहीले भने, ’ ‘संघीय सरकारले निजामति ऐन बनाएर कर्मचारी नियुक्तिको बाटो खोलिदिनु पर्छ ।’
संसदले आर्थिक समृद्धिको दिर्गकालिन खाका सहित अगाडी बढ्नुको साटो प्रधानमन्त्री र मन्त्री पदमा राजनिति दलहरुले हार जित देख्ने गरेको आरोप लगाए । जनजिविका र राष्ट्रियताको मुद्धामा कसैको जित र कसैको हार नहुने भन्दै उनले राष्ट्रिय एकताको लागि सबै एक ठाउँ उभिनु पर्ने बताए ।
झिल्को खबर । १० फाल्गुन २०७९, बुधबार २२:१०