१६ लाख ३९ हजार ६ सय खर्च भएको विवरण सहित नेता शाहीले सार्वजनिक गरे चुनावी खर्च

फाइल फोटो

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले ४ मंसिर २०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य चुनावको खर्च विवरण सार्वजनिक गरेका छन् ।

निर्वाचन आयोलाई बुझाएको खर्च विवरणमा नेता शाहीले जम्मा खर्च १६ लाख ३९ हजार ६ सय रुपैंया खर्च भएको उल्लेख गरेका छन् ।

प्रतिनिधि सभा सदस्यमा कालिकोटबाट निर्वाचित भएका शाहीले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्धारा स्वीकृत निर्वाचन आचार संहिता बमोजिम खर्च गरिएको उल्लेख गरेका छन् ।

नेता शाहीले सार्वजनिक गरेको चुनावी खर्च विवरणमा चुनाव अबधिभरको लागि रु, ३ लाखमा दुई वटा सवारी साधन भाडामा लिएको र १ लाख ५२ हजारमा सवारी साधनमा इन्धन डिजेल ७५० लिटर खर्च भएको उल्लेख गरिएको छ ।

यस्तै प्रसारप्रचारको लागि प्रचा, व्यानर, आदी ५७,९,२८ पिस छापिएको र त्यसको लागि ५ लाख ६२ हजार ४ सय रुपैंया खर्च भएको सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ भने चुनावी अभियान भर साउण्ड सिस्टम माइक २ वटा खरिद गरी जम्मा ३९ हजार खर्च भएको देखाइएको छ ।

यता ३ वटा सूचना रेडियोबाट प्रसारण गरे बापत ५७ हजार र सम्पर्क कार्यालय स्थापना एक तला भाडामा लिए बापत १० हजार र १२४ बुथमा प्रतिनिधि परिचालन गरे बापत १ लाख ४७ हजार चुनाव गोष्ठी सहभागिलाई खाना नास्ता १ लाख ८८ हजार र विविध कार्यालय संचालन रु.८३ हजार खर्च गरिएको निर्वाचन आयोगलाई बुझाइएको विवरणमा उल्लेख गरिएको छ ।