नेपाला अटो मोवाइल्स एसोसिएसन कर्णालीको अध्यक्षमा–शाही

सुर्खेत । नेपाल अटो मावाइल्स एसोसिएसन कर्णाली प्रदेशको अध्यक्षमा गणेश बहादुर शाही ‘विद्रोही’ चयन भएका छन् ।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधवार ससोसिएसन कर्णाली प्रदेशको भेलाले अध्यक्षमा शाहीलाई चयन गरेको नेपाल अटो मोवाइल्स एसोसिएसनका केन्द्रीय सदस्य विनोद तण्डुकारले जानकारी दिए ।

भेलाबाट अध्यक्षमा गणेश बहादुर शाही ‘विद्रोही’ उपाध्यक्षमा क्रमस गणेश कुमार बस्नेत,त्रिलोकचन्द्र भट्ट, विवशकुमार सेजुवाल, सचिवमा नम्रता तुसजू श्रेष्ठ, कोषाध्यक्ष संजिब हमाल र सदस्यहरुमा प्रभात पोखरेल,प्रेम बहादुर बम, सीया कार्की प्रधान, हाँसा कुमारी मल्ल, हिक्मतजंग शाही चयन भएका छन् ।

एसोसियसनका नव निर्वाचित पदाधिकारीहरुलाई कर्णाली प्रदेश सभा अर्थ तथा प्राकृतिक श्रोत समितिका सभापति दुर्गाबहादुर रावत र कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संन्ज्यालले बधाई तथा कार्याकाल सफलताको शुभकामना व्यक्त गरे ।

निर्वाचित पदाधिकारीको बैठकले एसोसिएसनको केन्द्रीय साधारण सभामा सहभागि हुन अध्यक्ष गणेश बहादुर शाही ‘विद्रोही’ उपाध्यक्ष विवशकुमार सेजुवाल,सचिव नम्रता तुसजु श्रेष्ठ,कोषाध्यक्ष संजिव हमाल र सदस्य हिक्मतजंग शाहीलाई पठाउने निर्णय गरेको अध्यक्ष गणेश बहादुर शाही ‘विद्रोही’ले जानकारी दिए ।

मोटर र मोटरसाइकिलिङ स्र्पोट, अटोमोवाइल मोभिलिटी र ड्राइभ टुरिजम तथा रोड सेफ्टी लागि कर्णाली प्रदेश खेलकुद विकास परिषदले बन्दै गरेको प्रदेश रंगशाला भित्र रेसिङ सर्किटको लागि तयारी स्थान उपलब्ध गराएकोमा एसोसिएसनको तर्फबाट एफ.आइ.ए.का वोर्ड सदस्य एवं नेपाल अटो मावाइल्स एसोसिएसनका सल्लाहकार गोविन्द भट्टराईले कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई धन्यवाद दिए ।

नेपाल अटो मावाइल्स एसोसिएसनले खेलकुदको क्षेत्रमा गर्ने गतिविधिले पर्यटन मार्फत कर्णालीको आर्थिक समृद्धि ल्याउनका साथै मोभिलिटी र ड्राइभ टुरिजम तथा रोड सेफ्टीका लागि सबैलाई शिक्षा दिने भएकोले यो कर्णालीको खेलमा आवश्यक रहेको कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यलाले बताए ।