बिमा दाबि बापतको ६ लाख ९० हजारको चेक हस्तान्तरण

कालिकोट । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वरा सस्थामा आबद्व सदस्य बिर्खबहादुर शाहीको निधनपछि विमा दाबि बापतको रकम ६ लाख ९० हजारको चेक उनकी श्रीमती तारा कुमारी बमलाई हस्तान्तरण गरेको छ ।

नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लि. को शाखा कार्यालय नाग्म द्वारा गठित समूह नं. ७७ का समूह अध्यक्ष समेत रहेका मृतक बिर्ख बहादुर शाही मिति २०७८÷८÷२३ गते नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लि.मा आबद्ध भएका थिए ।

संस्थामा आबद्व पश्चात शाहीले मिति २०७९÷०५÷२७ गते रू, ३ लाख ऋण लगेको थिए । शाहीको मिति २०७९ माघ २० गते भे १ ह ५९२२ नं.अटो दुर्घटनामा परि खल्लागाड स्थित कर्णाली राजमार्गमा मृत्यु भयो ।

आफ्नो श्रीमानको मृत्यु पश्चात ३२ जेठ २०८० मा श्रीमती तारा कुमारी बमलाई सस्थाले ६ लाख ९० हजार रूपैयाँको चेक एक कार्यक्रम का बीच तिलागुफा नगर पालिका नगर प्रमुख शंकर प्रसाद उपाध्यायको रोहबरमा शाखा प्रबन्धक महनबिर शाहि र नगर प्रमुख उपाध्यायले हस्तान्तरण गरेका छन् ।

सो म्यादी बिमा रकम बितरण कार्यक्रममा हिमा गाउँ पालिका जुम्लाका उपाध्यक्ष सुर्पना शाही नाग्मगाड प्रहरी चौकि प्रमुख मयालाल बुढा ,बजार ब्यबस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद पाण्डे लगायतको उस्थिति रहेको थियो ।