सुर्खेत, कालिकोट जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर मल्ल (यूनाइटेट) ले अस्पतालको व्यवस्थापनलाई बलियो बनाउने बताएका छन् ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट भरखरै नियुक्त भएका अध्यक्ष मल्लले आफ्नो सबैभन्दा पहिलो कामको रुपमा कालिकोट जिल्ला अस्पतालमा ब्लड बैंकको स्थापना गर्नेमा जोड हुने बताए ।
‘म अध्यक्षको रुपमा अहिले भरखरै आएको छु जिल्ला अस्पतालमा अभाव र आवश्यकता के कस्ता छन् पहिला त्यसको अध्ययन गर्छु पछि सबैसँगको सहकार्य र समन्वयमा ती समस्या समाधान गर्न तिर लाग्छु,’ ‘अध्यक्ष मल्लले भने, ‘सके सम्म कालिकोट जिल्ला अस्पतालमा विषेशज्ञ डाक्टरको समेत व्यवस्थापन गर्न तिर मैले जोड गर्ने छु ।’
झिल्को खबर । ८ भाद्र २०७९, बुधबार १०:३६