गरगहना,पोशाक प्रर्दशन गर्दा विकृति निम्त्याउन सक्नेबाट सतर्क हुनु होला–प्रदेश प्रमुख परियार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले हिन्दु धर्मावलम्बी महिलाहरुको पर्व हरितालिका तीज २०८० को शुभकामना सन्देश दिएका छन् ।
शुभकामना सन्देशमा प्रदेश प्रमुख परियारले गरगहना,पोशाकको प्रर्दशन गर्दा त्यसले विकृति निम्त्याउन सक्ने उल्लेख गर्दै त्यसबाट महिला दिदिबहिनीहरुलाई सतर्क रहन शुभकामना सदेश मार्फत आग्रह गरेका छन् ।

पितृसत्तात्मक समाजले लादेको असमानता र उत्पीडनको वर्षभरिको दुःख पिर मर्का र कुण्ठाहरु पोख्ने पर्वको रुपमा मनाउदै आएको यस पर्वमा महिला दिदिबहिनीहरुलाई माइती दाजुभाईले चेलीबेटीहरुलाई घरमा बोलायर दरका रुपमा फलफुल दुधबाट बनेका परिकारहरु खुवाउने,नया“ कपडा बनाईदिने प्रचलन रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

शुभकामना सन्देशमा प्रदेश प्रमुख परियारले अगाडी लेखेका छन् ‘हिन्दु धर्मावलम्बी महिलाहरुले विगत लामो समयदेखी धार्मिक आस्थाका रुपमा मनाउदै आएको हरितालिका (तिज) पर्व २०८० को उपलक्ष्यमा कर्णाली प्रदेश लगायत स्वदेश तथा विदेशमा रहनुभएका दिदिबहिनिहरुमा न्याय, समानता, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रदेश प्रमुख परियारले अन्तमा ः यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति, कुरीति एवं कु–परम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृति सहितको सभ्य,सुसंस्कृत एवं संवद्र्धन गर्न सबैलाई उत्प्रेरित गरिरहोस भन्ने कामना गर्दै भव्यताका साथ मनाउन तीज मनाउन आग्रह गरेका छन् ।