भौतिक पूर्वाधारमा फड्को
स्वास्थ्य केन्द्रबाट जिल्ला अस्पताल हुँदै क्षेत्रीय अस्पतालमा स्तरोन्नति हुँदासम्म यस अस्पतालले राज्यबाट सबै सौतेनी व्यवहार खेजुपन्यो ।विगतमा राज्यले विभिन्न नाममा रूपान्तरण गरे पनि पर्याप्त लगानी नगर्दा प्रभावकारी सेवा प्रवाह हुन नसकेको तितो इतिहास हामीसामु स्पष्ट छ । विशेषगरी पछिल्लो दसकमा अस्पतालले भौतिक संरचनामा उल्लेख्य उपलब्धि प्राप्त गरेको छ । जिल्ला अस्पतालबाट स्तरोन्नति भएर क्षेत्रीय अस्पताल बनेपछि तत्कालीन स्वास्थ्य तालिम केन्द्रको भवनबाट अस्पतालले सेवा प्रवाह सुरू गर्यो । कमजोर भौतिक पूर्वाधारमात्र होइन समयसम्म आवश्यक जनशक्ति र स्वास्थ्य उपकरणको कमीले लामो मात्रको क्षेत्रीय अस्पताल रह्यो । सोही क्रममा २०७३ जेठ २५ गते तले नयाँ भवनको उद्घाटन गरी बहिरंग (ओपिडी) सेवा सुरू गरियो । प्रिफेब भवन निर्माण गरी मेटरनिटी वार्ड र आइसीयू/एनआइसीयू सञ्चालन गरियो । तालिम केन्द्रमा रहेको पुरानो अस्पताल भवनमा मनोरम बगैचा निर्माण गरियो । दुईवटा प्रिफेब भवनको बीचमा प्रसुती वार्डको अगाडि ।बिरामी कुरूवा प्रतिक्षालय बनाइयो ।
२०७४ मा अस्पताललाई ३ सय सैयाको बनाउनका लागि नयाँ भवन निर्माण कार्य सुरू गरियो । अहिले अस्पतालको सम्पूर्ण सेवा ३ वटा ब्लकमा रहेका तीन तले नयाँ भवनबाट चलिरहेको छ ।चालू आर्थिक वर्षमा अत्याधुनिक प्रशासनिक भवन निर्माणकार्य चलिरहेको छ । यसका साथै ५ सय शैया सञ्चालनका लागि भवन निर्माण कार्य तीब्रताका साथ इरहेको छ । भवन निर्माणले पूर्णता पाएमा सहजै स्वीकृत शैयामा अस्पताल सेवा प्रवाह गर्न सकिनेछ । आइएनएफको सहयोगमा फिस्टुला भवन निर्माण गरिएको छ । अस्पताल परिसरमा मनोरम बगैंचा निर्माण गरिनुका साथै प्रसुती वार्ड अगाडि रामी प्रतिक्षालय बनाइएको छ । अस्पताल परिसरको वातावरणलाई स्वच्छ बनाउन सडकहरू कालोपत्रे गर्नुका साथै स्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी र आमनागरिकका लागि छुट्टाछुट्टै व्यवस्थित पार्किङस्थल निर्माण गरिएको छ । चारी आवासदेखि नयाँ आकाशे पुल र बाटो निर्माण गरिएको छ । अक्सिजन तथा पाइपलाइन जडान गरी सञ्चालन रिएको छ । यसबाट अक्सिजन अभावकोको समस्या समाधान भएको छ ।
अक्सिजन आवश्यक कोई पनि सहजता भएको छ स्पतालको सुरक्षा सरसफाईमा सुधार भएको छ । सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै अधिकांश क्षेत्रमा सिसिटिभी क्यामेरा जडान रएको यसले बाह्रय सुरक्षालाई मजबुत बनाउनुका साथै आन्तरिक रूपमा समेत कर्तव्य पालनामा निगरानी बढाएको छ । अस्पताल फोहोरहरू निर्मलीकरण गर्न अटोक्लेभ’ मार्फत संक्रमणरहीत बिसर्जन गर्ने व्यवस्था मिलाइएको छ । स्पतालमा खानेपानीको आपर्तिका लागि २०७६ सालमा ३ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण गरिएको छ यसले स्पतालमा पानी अभावको समस्या समाधान भएको छ ।
जनशक्ति तेब्बर
विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको अभाव यस अस्पतालले सुरूवाती समयदेखि भोग्दै आएको एक प्रमुख समस्या हो । सरकारले दरबन्दी अनुसारका चिकित्सक तथा विशेषज्ञ चिकित्सक नपठाउने र पठाएको खण्डमा पनि ती चिकित्सकहरू अस्पतालमा नआउने समस्या प्रमुख चुनौतीको रूपमा रह्यो । विगतका वर्षमा अस्पताल प्रमुखको जिम्मेवारी पाएका चिकित्सकसमेत नियमित रूपमा अस्पतालमा नबस्ने तितो यथार्थ हामीले देख्न पायौँ । यस्तो अवस्थामा अन्य चिकित्सक र स्वास्थ्यकर्मीलाई काम गर्ने उत्प्रेरणा कसरी प्राप्त हुन्छ ? आर्थिक वर्ष २०७०/७१ को जनशक्तिको अवस्था हेर्दा उतिबेलाको अवस्था स्पष्ट हुन्छ ।उतिबेला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित २४ जना चिकित्सकको दरबन्दी थियो । तर दरबन्दीमा ९ जनामात्र कार्यरत थिए । उक्त आर्थिक वर्षमा प्रमुख कन्सल्ट्यान्ट चिकित्सकको दरबन्दी ३ जना रहेकोमा सबै रिक्त थियो । कन्सल्ट्यान्ट चिकित्सकको १४ दरबन्दी रहेकोमा ४ जनामात्र दरबन्दीमा कार्यरत थिए । त्यसैगरी मेडिकल अफिसर ५ जनाको दरबन्दी रहेकोमा ३ जना कार्यरत थिए ।
यस्तो अवस्थामा हामीसामु बिरामीको चापलाई मध्यनजर गर्दै चिकित्सकको दरबन्दी थप्ने र दरबन्दीअनुसार चिकित्सक ल्याउने ठूलो चुनौती रह्यो । हामीले संघीय सरकार र प्रदेश सरकारलाई पर्याप्त चिकित्सक व्यवस्थापनका लागि आग्रह गयौ । प्रस्ताव तयार पारेर सरकारलाई त्यसमा ‘कन्भिन्स’ गरायो । यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने र केन्द्रीय राजनीतिमा प्रभाव पार्ने राजनीतिक दलका नेताहरूको सहयोग जुटायौ । अहिले हामीसँग तत्कालीन अवस्थामा भन्दा ३ गुणा बढी चिकित्सकको दरबन्दी रहेको छ । कर्णाली प्रदेश सरकारले एकजना अस्पताल निर्देशकसहित ७५ जना चिकित्सकको दरबन्दी स्वीकृत गरेको छ । त्यसमध्ये ५० जना कन्सल्ट्यान्ट चिकित्सक र २५ जना मेडिकल/डेन्टल अफिसर रहेका छन् । अझ सुखद पक्ष- हामीसँग दरबन्दीभन्दा पनि बढी चिकित्सक कार्यरत रहेका छन् । करार र छात्रवृत्तिका समेत गरी ८४ जना चिकित्सक कार्यरत रहेका छन् । आर्थिक वर्ष २०७९/८० मा अस्पतालमा स्थायी दरबन्दी, करार तथा छात्रवृत्ति र अस्पताल विकास समितिबाट समेत गरी ५ सय १७ जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत रहेका छन् । हामीले २०७५ सालमै विशेषज्ञ सेवा विस्तार कार्यक्रममार्फत विशेषज्ञ चिकित्सक नियुक्तिलाई तीब्रता दिएका थियो । उक्त कार्यक्रमअन्तर्गत रिक्त दरबन्दीको अभाव पूर्ति गर्ने गरी करारमा चिकित्सक भर्ना गरिए । यसले अस्पताललाई राहतमात्र दिएन, सेवा प्रवाहलाई समेत प्रभावकारी बनायो । भएको छ । कर्णालीबासीले कर्णालीमै स्तरीय स्वास्थ्यसेवा पाउने वातावरण पर्याप्त जनशक्ति व्यवस्थापनले हाल अस्पतालको सेवा प्रवाहमा सहजता बनेको छ । हामीले अझै पनि प्रदेश सरकारसँग थप जनशक्ति व्यवस्थापनको लागि माग गरिरहेका छौ । शैया थपको स्वीकृतिसँगै सोहीअनुसार दरबन्दी बृद्धि हुने अस्पतालले विश्वास लिएको छ । छात्रवृत्तिमा एमडी/एमएस अध्ययन गरेका चिकित्सकलाई अस्पतालमा खटाउन संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पहल गरेका छौ । संघीय सरकारले पनि यसमा सहयोग गरिरहेको छ ।
अत्याधुनिक स्वास्थ्य उपकरण
भवनलगायत भौतिक पूर्वाधार र पर्याप्त जनशक्ति मात्र भएर अस्पतालले सहज रूपमा सेवा प्रवाह गर्न सक्दैन । रोगको सही निदान तथा उपचारका लागि अत्याधुनिक र गुणस्तरीय स्वास्थ्य उपकरणको उत्तिकै जरूरत पर्दछ । हामीले पछिल्लो समय यस कार्यमा विशेष ध्यान दियौ । विशेषगरी आर्थिक वर्ष २०७५/७६ मा उपकरण औजार खरिदलाई तीब्रता दिएका थियौ । त्यसयता बोलपत्र आह्वानको सूचनाद्वारा करिब ५ दर्जनको संख्यामा आधुनिक औजार, उपकरण र स्वास्थ्य सामग्री खरिद गरिएका छन् । यसले गर्दा प्रदेश अस्पताल आधुनिक उपकरणयुक्त बनेको छ
अनियमित विद्युतको समस्याबाट छुटकारा पाउन र चौबीसै घण्टा उपकरण चलायमान बनाउन २५० केभिएको जेनेरेटर र ३० केभिएको सोलार सिस्टम जडान गरिएको छ । यतिमात्र होइन, विश्व स्वास्थ्य संगठनको सहयोगमा पूर्वी एसियाकै ठूलो सोलार प्यानल जडान गरिएको छ । ५०० केभिएको अटोमेटिक भोल्टेज रेगुलेटर राखिएको छ । संघीय सरकारको सहयोगमा अत्याधुनिक एमआरआई मेसिन खरिद गरी सेवा सुरू गरिएको छ । ६४ च्यानल क्षमताको यो नेपालमा भित्रिएको पहिलो एमआरआई मेसिन हो । मेसिन सञ्चालनमा आएपछि रोगको निदान गर्न काठमाडौँलगायत ठाउँमा रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।त्यसैगरी ५ वर्षअघि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा 16 Slice को सिटी स्क्यान मेसिन जडान गरी सञ्चालनमा रहेको छ ।
सेवा विस्तार र सुधार
सार्वजनिक सेवा प्रवाहमा हुने सहजताले हरेक सेवा प्रदायक निकायको सुशासनको अवस्था देखाउँछ । हामीले यस कुरालाई विशेष महत्व दिएका छौं । बिरामीले अस्पताल पुगेर पनि सहज रूपमा चिकित्सकलाई भेट्न नपाउने र खोजेको चिकित्सकसँग उपचार गर्न नपाउने समस्या वास्तवमै दुःखद हो । हामी धेरै हदसम्म यसको अन्त्य गर्न सफल भएका छौं सेवाग्राहीको आवश्यकतालाई महसुस गरी बिहान ९ बजेदेखि नै विशेषज्ञ चिकित्सकबाट ओपिडी सेवा सञ्चालन गरिएको छ । २०७४ सालदेखि नै बिरामीलाई पालो मिलाई सेवा लिन ‘क्यू मेसिन जडान गरी सञ्चालनमा ल्याइएको छ । त्यतिमात्र होइन, पछिल्लो समय घरमै बसेर टिकट काट्न सक्ने गरी ‘अनलाइन ओपिडी टिकट सेवा सञ्चालनमा ल्याइएको छ । अस्पतालका अन्य सेवाहरूलाई पनि क्रमि रूपमा ‘डिजिटलाइज्ड’ गर्ने कार्य अघि बढेको छ । सेवाग्राहीबाट प्राप्त हुने शुल्कहरू सो बैंकमा जम्मा हुने व्यवस्था मिलाइएको छ । यसको लागि कुमारी बैंकसँग सम्झौता गरी अस्पतालमै बैंकको काउन्टर राखिएको छ । अस्पतालमा अहिले विभिन्न १३ वटा विभागद्वारा बिरामीलाई विशेषज्ञ सेवा प्रदान गरिँदै आएको छ । सबै विभागमा विशेषज्ञ चिकित्सक र मेडिकल अधिकृतहरूले बिरामी जाँच • गर्छन् । अस्पतालले आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ । वेबसाइटमा अस्पतालबाट प्रवाह हुने सेवाबारे जानकारी दिनुका साथै अस्पतालका प्रतिवेदनहरू राखिएका छन् । यसले पारदर्शितालाई बढवा दिएको छ । यसका साथै वेबसाइटमा गएर ओपिडी टिकट बुक गर्नेदेखि आफूले चाहेको चिकित्सक छानेर उपचार सेवा प्राप्त गर्ने अवसर उपलब्ध गराएको छ । सूचना प्रविधिको वर्तमान युगमा यस कार्यले अस्पतालको सेवालाई चुस्त,व्यवस्थित र छरितो बनाउन सघाउने विश्वास गर्न सकिन्छ । अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेको छ । इमरजेन्सी, ओपिडी र स्वास्थ्य बिमाका सेवाग्राहीहरूका लागि अलग-अलग फार्मेसी सञ्चालनमा रहेका छन् । अस्पतालको फार्मेसी २४ सै घण्टा खुला रहन्छ । स्वास्थ्य बिमा गरेका सेवाग्राहीलाई समेत सेवामा सहज पहुँचको वातावरण निर्माण गरिएको छ । ५० प्रतिशतभन्दा बढी स्वास्थ्य बिमामा आवद्ध सेवाग्राहीले सेवा लिन सफल भएका छन् । अस्पतालमा बिरामीको अभिलेख तथा प्रतिवेदन राख्न २०७६ देखि ‘डल्फिन सफ्टवेयर’ सञ्चालनमा ल्याइएको छ । अस्पतालमा रक्तसञ्चार सेवा पनि सञ्चालन गरिएको छ । यसबाट रगतको अभावमा बिरामीले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।अस्पतालले आफ्नै रक्तसञ्चार सेवा सुरू गर्दा उपचारमा पनि सहजता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा २ वटा र एकवटा प्रदेश सरकारको सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा रहेका छन् । त्यसैगरी अस्पतालले पूर्वराज्यमन्त्री नवराज रावतको सांसद विकास कोषको सहयोगमा एउटा सबवाहन सञ्चालनमा ल्याएको छ । अस्पतालको एम्बुलेन्स र सबवाहनबाट सेवाग्राहीले सहुलियत दरमा सेवा प्राप्त गर्ने अवसर पाएका छन् ।
उच्चस्तरीय स्वास्थ्य सेवा
सुर्खेतसहित कर्णालीका जनताले सानोतिनो स्वास्थ्य समस्या बोकेर उपचारका लागि अन्यत्र जानुपर्ने बिडम्बना वर्षौंसम्म भोग्यौं । हामी त्यो बिडम्बनाको अन्त्य गर्न चाहन्थ्यौं । यसका लागि विशेषज्ञ चिकित्सक र अत्याधुनिक औजार उपकरणका साथै उच्चस्तरीय सेवा सञ्चालनमा ल्याउनुपर्ने थियो । हामी यस कार्यमा धेरै हदसम्म सफल भएका छौँ ।
काठमाडौँमा मात्र प्रदान हुने जटिल स्वास्थ्य सेवा यही अस्पतालबाट सुरू गरिएका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा मृगौला प्रत्यारोपण गरिएको छ । दुईजना बिरामीको सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको छ । नियमित प्रत्यारोपणका लागि संस्था सूचीकृत गर्ने प्रक्रियामा रहेको छ । यस कार्यले प्रदेश अस्पतालको सेवाको स्तर, क्षमता र जनविश्वास निकै माथि पुऱ्याएको छ ।
२०७४ देखि नै डाइलासिस सेवा सञ्चालनमा रहेको छ । यसले गर्दा मृगौलापीडित बिरामीले डाइलासिस गर्न बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । हेपाटाइटिस ‘बी पोजिटिभ’ भएका बिरामीलाई समेत निकट भविष्यमा डाइलासिस सेवा सुरू गरिनेछ । कर्णाली प्रदेशमा पहिलोपटक `हिप रिप्लेसमेन्ट’ सेवा सुरू गरिएको छ । मुटुरोग उपचार सेवा पनि सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय अप्थाल्मोजी, डर्माटोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरिएको छ । आँखा उपचार तथा शल्यक्रिया सेवा पनि सञ्चालनमा ल्याइएको छ । यसका साथै मोडुलर ओटी निर्माण गरि सेवा प्रवाह गरिएको छ । अत्याधुनिक स्वास्थ्य उपकरणको सहायताले चिकित्सकलाई जस्तोसुकै रोगको निदानमा सहजता प्रदान गरेको छ, जसका कारण जटिल रोगहरूको उपचार पनि संभव तुल्याएको छ । हिजोका दिनमा रोग पहिचान भएर पनि बिरामीहरू सुर्खेतमा उपचार सेवा लिन हच्किन्थे । ऋणजोहो गरेर उनीहरू काठमाडौँ वा भारतीय सहरमा जान्थे । आज अवस्था बदलिएको छ । सामान्यदेखि जटिलखालका रोगहरूको निदान र उपचार प्रदेश अस्पतालमै संभव भएको छ । अनुभवी विशेषज्ञ चिकित्सकको उपस्थितिले सहयोगले उच्चस्तरीय स्वास्थ्य सेवा प्रवाहमा गर्न सहज भएको छ । विशेषगरी डा. निलम खड्काको कारण हेड इन्जुरी, डा. विकास केसीको कारण स्पाइन सर्जरी र हिप रिप्लेसमेन्ट तथा डा. चित्र शर्माको कारण मुटुरोग सेवा संभव भएको छ । सर्जरीका विशिष्टीकृत चिकित्सक डा. गशेण थापाको लामो बसाइँले जटिलखालका सल्यक्रिया सुचारू गर्न मद्दत मिलेको छ ।
कोरोनासँग साहसिक लडाइँ
कोभिड-१९ (कोरोना महामारी) हाम्रो जीवनमा आएको निकै भयावह स्वास्थ्य समस्या थियो । विज्ञानलाई नै चुनौती दिएर विश्वलाई हल्लाइरहेको कोरोनासँग जुध्न सीमित साधनस्रोत र जनशक्ति रहेको अन्य प्रदेशहरूको तुलनामा सबैभन्दा बिकट क्षेत्रमा अवस्थित प्रदेश अस्पताललाई सहज थिएन । तैपनि हामी कोरोनासँग लड्यौं । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी मिलेर कोरोनासँग साहसिक लडाइँ लड्यौँ । आफ्नो ज्यानलाई जोखिममा पारेर हजारौं संक्रमितलाई जोगाउन कम्ती चुनौतीपूर्ण थिएन ।
२०७६ चैतमा कोभिड-१९ को व्यवस्थापन तथा उपचारका लागि नयाँ भवनमा ३ सय शैयाको आइसोलेसन वार्ड र २५ शैयाको आइसीयू सञ्चालन गरियो । कोभिड उपचारका लागि चिकित्सक सहितको मेडिकल टिम परिचालन गरियो । लकडाउनको समयमा पनि नियमित रूपमा अन्तरंग र शल्यक्रिया सेवा सञ्चालन गरियो । कोभिड-१९ को निदानको लागि आरटी-पिसिआर सेवालाई तीब्रताका साथ अघि बढाइयो । अस्पताललाई नयाँ भवनमा स्थानान्तरण गरेर पुरानो भवनलाई ‘कोभिड-१९ विशेष अस्पताल सञ्चालन गरियो । आर्थिक वर्ष २०७६/७७ मा कूल ४ हजार ६ सय ८४ जनाको आरटी-पिसिआर परीक्षण गरिएकामा कोरोना संक्रमित ७ सय ४५ जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरियो । अस्पतालमा भर्ना भएकामध्ये ७ जनाको मृत्यु भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा ६८ हजार ५ सय ४० जनाको आरटी-पिसिआर परीक्षण गरिएको थियो । तीमध्ये १४ हजार ९ सय ७२ जनामा कोरोना देखिएको थियो । संक्रमितमध्ये ७ सय ९ जनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । कोरोनाले उच्च रूप लिएको उक्त आर्थिक वर्षमा अस्पतालको आइसोलेसनमा भर्ना भएका १ सय ३७ जना संक्रमितको मृत्यु भएको थियो । यस्तो विषम परिस्थितिमा समेत प्रदेश अस्पताल डगमगाएन । सम्पूर्ण टिम कोरोनाविरूद्ध निरन्तर जुधिरह्यो । यसले गर्दा हामी कोरोनाविरूद्धको लडाइँमा विजयोन्मुख भयौँ । फलस्वरूप आर्थिक वर्ष २०७८/७९ मा कोरोना नियन्त्रणमा देखिनेगरी सफलता हाँसिल गर्यो । उक्त आर्थिक वर्षमा कूल२ सय ८८ जना संक्रमितलाई मात्र आइसोलेसनमा राखेर उपचार गयौँ ।
अस्पतालमा भर्ना भएकामध्ये १७ जनाको मृत्यु भयो ।आमनागरिक र कारोनाबीचको लडाइँमा सिंगो अस्पताल परिवार नागरिकको ज्यान रक्षाको लागि डटेर लाग्यो । लडाइँकै क्रममा हामीले अस्पतालका एकजना वरिष्ठ चिकित्सक डा. हरि सापकोटालाई गुमायौँ ।उहाँ कोरोनामा मृत्यु हुने नेपालको पहिलो चिकित्सक हुनुहुन्छ । अस्पताल निर्देशक (म स्वयं) १०६ जनालाई कोरोना संक्रमणले भेट्यो । मलाई त एकैपटक कोरोना र क्षयरोगको संक्रमण भयो । मैले यो कुरा परिवारका सदस्यलाई समेत भनिनँ । काठमाडौंबाट क्षयरोगको औषधी मगाएर सेवन गरेँ । मेरो स्वास्थ्य समस्याबारे बाहिर जानकारी भएमा परिवारका सदस्यले ड्यूटीमा जानबाट रोक्ने जोखिम एकातिर थियो भने अर्कोतिर मेरो अनुपस्थितिमा अस्पतालमा कोरोनाविरूद्धको लडाइँमा खटिरहनुभएका सहकर्मी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल गिर्ने जोखिम रहन्थ्यो । यसले मलाई केही समय तनाब भए पनि कोरोनाविरूद्धको लडाइँमा कुनै असर परेन । हामी आत्तिएनौं । कोरोनाविरूद्धको लडाइँमा हामी पछि हटेमा सिंगो कर्णाली प्रदेश कोरोनाको प्रभावबाट सखाप हुनेमा हामी सचेत र चिन्तित थियौँ । अन्ततः प्रदेश अस्पतालले प्रदेशमा कोरोनाविरूद्धको लडाइँमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सफलता प्राप्त गर्यो ।
समन्वय – सहकार्य मूलमन्त्र
हरेक क्षेत्रको सफलतामा समन्वय र सहकार्य मूलमन्त्र हो । पछिल्लो समय हामीले यही मन्त्रलाई अस्पताल सुधारको लागि प्रयोग गर्यो ।अस्पताल विकास समितिको व्यवस्थापकीय संरक्षकत्वमात्र नभई विकासमा सक्रिय सहकार्य पायौँ । सुर्खेत जिल्लाका स्थानीय तह, कर्णाली प्रदेश सरकार, संघीय सरकारसँग विभिन्न क्षेत्रमा समन्वय गरी सहयोग प्राप्त गयौँ । संघीय र प्रदेश सरकारले विगतदेखि नै आर्थिक तथा भौतिक (भवन तथा संरचना निर्माण, औजार उपकरण खरिद ) मा सहयोग गरिरहेका छन् । हामीले सुर्खेतस्थित स्थानीय तहको सहयोगमा एकीकृत संकट व्यवस्थापन केन्द्र समेत सञ्चालनमा ल्याएका छौं । यसका लागि पालिकाहरूले वार्षिक रूपमा बजेट दिने गरेका छन् । यसबाट गंभीर स्वास्थ्य संकटमा परेका व्यक्तिलाई काउन्सिलिङ (मनोपरामर्श) गर्ने, उपचारमा सहायता गर्ने कार्य हुँदै आएको छ ।
सहकार्य र समन्वयका माध्यमबाट अस्पतालले महत्वपूर्ण उपलब्धी हाँसिल गर्दै आएको छ । संघीय राजधानीदेखि टाढा रहेको कर्णाली प्रदेशमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग र सहकार्यमा मृगौला प्रत्यारोपण सेवा सुरू हुनु सुखद पक्ष हो । उत्कृष्ट समन्वयात्मक पहलबिना संघीय सरकारबाट एमआरआई, सिटी स्क्यानजस्ता महँगो मूल्यका स्वास्थ्य उपकरण प्राप्त गर्नु पक्कै पनि सहज थिएन । प्रदेश सरकार मातहतको अस्पताल भए पनि संघीय सरकारबाट उल्लेख्य सहयोग पाउनु हाम्रो लागि निकै ठूलो उपलब्धि हो । स्वास्थ्य क्षेत्रसँग सम्बद्ध संघीय सरकारका मन्त्रालय तथा निकायसँग सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसबाट हामीले अघि सारेका योजना कार्यान्वय गर्न मद्दत पुयाएको छ । संघीय निकायको सहयोग नभइदिएको भए मृगौला प्रत्यारोपण, हिप रिप्लेसमेन्ट, मुटुरोगजस्ता जटिल स्वास्थ्य सेवा प्रदान गर्न संभव हुने थिएन । प्रभावकारी समन्वय र सहकार्यको सिद्धान्तले अस्पताललाई यसमा सफल तुल्याएको छ । त्यतिमात्र होइन, अस्पतालले पछिल्लो समय सरकारबाट पाउने बजेटको आकार पनि बढेको छ । आर्थिक वर्ष २०७२/७३ मा अस्पतालले पूँजीगत र गरी करिब ५ करोडको हाराहारीमा बजेट रहेको थियो । चालू आर्थिक चालू वर्ष २०८०/८१ मा भने पूँजीगततर्फ ६० करोड ४६ लाख र चालूतर्फ ४६ करोड ६ लाख गरी १ अर्ब ६ करोड ५२ लाखबजेट रहेको छ । चौतर्फी समन्वय र सहयोगबिना बजेट प्राप्त गर्न कठिन हुने हाम्रो देशमा यो बजेटले निकै राहत दिएको छ ।
२०७३ सालमा बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका सहयोगमा १० किलोवाट क्षमताको सोलार जडान गरिएको थियो । त्यसैगरी आइएनएफको सहयोगमा फिस्टुला भवन निर्माण गरियो । हामीले अस्पतालमा साझेदार,सहयोगी र सरोकारवाला निकायलाई निरन्तर सहयोग गर्ने वातावरण बनायौँ । अस्पतालको विकास र प्रगतिले दाताहरूलाई सहयोग गर्न थप प्रेरित गर्यो । अस्पतालमा स्थायी दरबन्दीमा चिकित्सकको पदपूर्ति गर्न ढिलाइ भइरहेका बेला हामीले संघीय र प्रदेश सरकारसँग समन्वय गरी करार र छात्रवृत्तिका चिकित्सक ल्याउन सफल भयो । अहिले प्रदेश जना चिकित्सक रहेका अस्पतालमा करार र छात्रवृत्ति अन्तर्गतका छन् । चिकित्सकबाहेक नर्सिङ, प्यारामेडिसियन, ल्याब, रेडियोलोजी, फार्मेसी, प्रशासन, लेखा र अन्य गरी यस्तो जनशक्तिको थप संख्या २ सय ४० रहेको छ । यो जनशक्ति भित्र्याउनमा पनि अस्पताल नेतृत्वको कुशल समन्वय र सम्बन्धित निकायमा पहुँचले काम गरेको छ । समुदायस्तरमा पनि सहकार्यको संस्कृतिलाई बढवा दिइएको छ । यसको एक उदाहरण स्थानीय समाजसेवी स्वर्गीय नन्दबहादुर कार्कीको सम्झनामा उहाँको परिवारबाट अस्पताललाई प्राप्त सहयोग हो । उहाँको परिवारले २०७४ सालमा शैयाको आइसीयू सेवा सञ्चालनका लागि अस्पताललाई आवश्यक औजार तथा उपकरण प्रदान गरेको थियो ।
सेवाग्राहीको विश्वास आर्जन
हामीले पछिल्लो ८ वर्षमा आर्जन गरेको सबैभन्दा ठूलो सम्पत्ति हो जनता (सेवाग्राही) को विश्वास | कठिन र चुनौतीपूर्ण अवस्थामा अस्पताल परिवारले गरेको सामूहिक सहकार्य (टिमवर्क) ले बिरामीको चाप अत्यधिक बढेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वास बढेकैले चाप बढेको अनुमान गर्न सकिन्छ । आर्थिक वर्ष २०७४/७५ मा ओपिडी र इमर्जेन्सीमा गरी कूल ६७ हजार १ सय ३५ बिरामी अस्पतालमा पुगेका थिए । गत आर्थिक वर्ष २०७९/८० मा यो संख्या २ लाख १३ हजार १ सय ४३ रहेको छ । अहिले अस्पतालमा दैनिक सरदर ६ सयको संख्यामा बिरामीले सेवा लिँदै आएका छन् ।
सेवाग्राहीको विश्वासले हामीले उल्लेख्य मात्रामा मेजर अप्रेसन (ठूलो शल्यक्रिया) गर्न समेत सफल भएका छौं । आर्थिक वर्ष २०७४/७५ को तुलनामा यो संख्या तेब्बर गुणाले बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४ सय ७० जना बिरामीको मेजर अप्रेसन भएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा यो संख्या ४ हजार ५ सय ४३ रहेको छ । सल्यक्रियाबाट सुत्केरी हुने महिलाको संख्या पनि दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा ७ सय ३९ जना महिलालाई सल्यक्रियाबाट सुत्केरी गराइएकोमा गत आर्थिक वर्ष २०७९/८० मा १ हजार ५ सय १३ जनाले यस्तो सेवा प्राप्त गरेका थिए । सामान्य डेलिभर हुन आउने महिलाको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा ३ हजार ९ सय ९५ जना महिला सामान्य सुत्केरी भएका थिए । आर्थिक वर्ष २०७९/८० मा यो संख्या ५ हजार ४ सय ४८ रहेको छ ।
उल्लेखित संख्याहरू केलाउँदा पाइने सबैभन्दा ठूलो तथ्य हो अस्पतालप्रति जनताको बढ्दो विश्वास । अस्पतालमा दक्ष तथा विशेषज्ञ चिकित्सकको व्यवस्थाका साथै सुविधायुक्त भवनबाट अत्याधुनिक उपकरण तथा औजारको सहायताले सेवा प्रवाह र सार्वजनिक सेवा प्रवाहमा गरिएको सुधारले अस्पतालप्रति जनताको विश्वास बढेको हो । हाम्रो अथक प्रयास, लगाव र मिहिनेतले सेवाग्राही जनताको विश्वासमात्र आर्जन गरेनौं, सरकार र दातृ निकायले पनि विश्वास गरे । स्वतन्त्र मूल्यांकनद्वारा हाम्रो अस्पताल देशभरकै उत्कृष्ट अस्पताल घोषणा भयो । निक्स साइमन इन्स्टिच्यूटको प्राविधिक सहयोगमा स्वास्थ्य मन्त्रालयले गरेको ‘न्यूनतम सेवा मापदण्ड कार्यान्वयन’ मा प्रादेशिक अस्पतालहरूमा २०७७ र २०७९ मा उत्कृष्ट बन्न सफल भयो ।
डा. डम्बर खड्का । ७ फाल्गुन २०८०, सोमबार ०९:५७