अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताःमहिला भलिबल कर्णालीको बिजय सुरुवात

सुर्खेत । खेलकुद विकस परिषद बागमतीको आयोजनामा चितवनमा आइतवार उद्घाटन भएको प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली महिला भलिबल टिमले बिजय सुरुवात गरेको छ ।

सोमबार भएको पहिलो चरणको खेलमा कर्णाली प्रदेश महिला भलिबल टिमले सुदूरपश्चिम प्रदेशलाई ३÷० ले हराउदै पहिलो चरणको गेम जित्न सफल भएको हो । मंगलवार कर्णाली प्रदेशले लुम्बिनी प्रदेशसँग खेल्ने छ ।