सुर्खेत । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त आयोजनामा पोखरामा सम्पन्न भएको प्रथम यु–१५ विद्यालय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेश एथलेटिक्स विधामा तेस्रो भएको छ ।
कर्णाली प्रदेशले ३ स्वर्ण,२ रजत, र १ कास्य गरी जम्मा ६ पदक जिति तेस्रो भएको हो । राष्ट्रिय खेलकुद परिषदका अनुसार उक्त प्रतियोगितामा एथलेटिक्स विधामा लुम्बीनी प्रदेशले ३ स्वर्ण, २ रजत र ६ कास्य गरी जम्मा ११ पदक जिति प्रथम भयो भने गण्डकी प्रदेशले ४ स्वर्ण, ३ रजत र २ कास्य गरी जम्मा ९ पदक प्राप्त गरी दोस्रो भएको थियो ।
कर्णाली प्रदेशबाट पदक प्राप्त गर्ने खेलाडीहरुमा ४ सय मिटर दौडमा कृष्णा राना १ स्वर्ण पदक, ८ सय मिटर दौडमा पुर्णिमा बुढा १ स्वर्ण पदक र लम्जम्पमा सरिता शाही १ स्वर्ण पदक जितेका छन् । त्यस्तै ८ सय मिटर अनिल शाही १ रजत पदक र सटसफुटमा उर्मिला राजी १ रजत पदक जित्न सफल भएका छन् भने कास्य पदकमा ४ इन्टु १०० मिटर रिलेमा सरिता शाही,टिना रावत, हिरा बुढा, उर्मिला राजीले १ कास्य पदक जित्न सफल हुनु भएको एथलेटिक्स विधाका प्रशिक्षक मनराज शाहीले जानकारी दिए ।
एथलेटिक्स विधाको नतिजा ।
झिल्को खबर । ३१ जेष्ठ २०८१, बिहीबार १३:१६