सुर्खेत, कर्णाली प्रदेश खेलकुद विकास परिषदले अन्तर्राष्ट्रिय ओलम्पीक डे को अबसरमा घोषणा गरेको सप्ताह व्यापी खेलकुदका कार्यक्रम प्रदेशको राजधानी सहर सुर्खेत वीरेन्द्रनगरका विभिन्न वडा र विद्यालयहरुमा धमाधम हुन थालेका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नं। ६ को आयोजनामा शनिवार सुरु भएको यु – १२ फुटबल प्रतियोगिता कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमालले खेल सामाग्री हस्तान्तरण गर्दै शनिवार उद्घाटन गरेका छन् । यहि जेष्ठ २८ देखि ३० गते सम्म संचालन हुने उक्त फुटबल प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिका भित्रका विभिन्न स्कुलका ११ वटा टिमको प्रतिस्पर्धा हुने आयोजक वडा नं। ६ का अध्यक्ष जनक बहादुर रावलले बताए ।
कर्णालीमा खेलकुद विकास गर्नका लागी कर्णाली प्रदेश खेलकुद विकास परिषदले प्रत्येक वडाहरुसँग सहकार्य गरेको र यसको लागी यो सुरुवात भएको परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले बताए । ‘हरेक खेलाडीहरुको खेलको सुरुवाती जीवन भनेको नै विद्यालय हुन्छ त्यसैले हामीले खेलकुदका कार्यक्रमलाई विद्यालयमुखी बनाउन जरुरी भएको छ, ‘उनले भने, यो बर्ष राजधानी सहर भएकोले वडा सरकारसँग मिलेर सुरुवात गरेका छौ अर्को बर्ष देखि बार्षिक कार्यक्रमको रुपमा राख्ने योजना बनाएका छौ, ।’
त्यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नं। ६ स्थित नेपाल राष्ट्रिय मा।वि। डाडाँ स्कुलमा पनि भलिबल, कराँते, र कबड्डी खेलको आयोजना गरिएको छ । उक्त खेलको लागी कर्णाली प्रदेश खेलकुद विकास परिषदको तर्फबाट आइतवार परिषदका उपाध्यक्ष प्रमोद हमालको उपस्थितीमा परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले संयुक्त रुपमा खेलकुदका सामाग्री हस्तान्तरण गरेका छन् ।
। २९ जेष्ठ २०७९, आईतवार १६:०९