सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तोकिएकै मितिमा हुँनु पर्ने बताएका छन् ।
शनिवार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य उद्घाटन स्थल निर्माणाधिन प्रदेश रंगशालाको अनुगमन गर्न पुगेका अध्यक्ष दाहालले सरकारले यो प्रतियोगिता सार्न नहुँने बताए ।
तोकिएको मितिमा सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँनु पर्छ । कुनै पनि हालतमा यो प्रतियोगिता सार्नु हुँदैन,’ ‘अध्यक्ष दाहालले भने, ‘यसमा सरकारले राजनिति गर्ने भुल गर्नु हुँदैन यदि यसमा पनि राजनिति भयो भने हजारौ खेलाडीको मनोभावना माथि विश्वास घात हुँन्छ ।’
अहिलेसम्म बनेका रंगशाला मध्ये अन्तर्राष्ट्रिय मापदण्डको सबैभन्दा उत्कृष्ट रंगशाला बनेको भन्दै उनले यो रंगशाला भनिसकेपछि यसलाई संरक्षण गर्नु पर्ने बताए । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले यो रंगशाला प्रदेश गौरबको आयोजनाको रुपमा शुरुवात गरेको हुँनाले पनि आफ्नो लागि विषेश महत्वको भएको भन्दै कर्णाली प्रदेश खेलकुद विकास परिषदलाई धन्यवाद दिए ।
यो प्रदेश रंगशालाको अधिकतम् सदुपयोग गर्नु पर्ने बताउँदै अध्यक्ष दाहालले । आफु प्रधानमन्त्री हुँदा खेल क्षेत्रलाई विषेश महत्वका साथ लिएको भन्दै यो प्रदेश रंगशाला बनेको देख्दा आफुलाई निके खुशी लागेको बताए ।
रंगशाला अनुगमनका क्रममा उनले रंगशाला भित्र वृक्षारोपण समेत गरेका थिए ।
विवशकुमार सेजुवाल । १५ भाद्र २०८१, शनिबार ११:५३