जनताको सरकार हो भन्ने अनुभुति हुने गरी काम गर्दै छौ – अध्यक्ष सिंह

कालिकोट नेकपा (माओवादी केन्द्र)को आधार क्षेत्र हो अहिले पनि कालिकोटमा नेकपा (माओवादी केन्द्र) स्थानीय निर्वाचनको आकडा हेर्दा अरु राजनिति दल भन्दा बहुमतमा देखिन्छ । स्थानीय निर्वाचन हुनु भन्दा अगाडी एमाले बाहेक अन्य राजनिति दलको चुनावि गठबन्धन थियो तर कालिकोटको महावै गाउँपालिकामा भने नेकपा (माओवादी केन्द्र)का युवा नेता खेम बहादुर सिंहले एमालेसँग गठबन्धन गरी आफु अध्यक्षमा निर्वाचित भए चुनावको बेला कतिपयले त नेता सिंहलाई पार्टीको निर्देशन मानेनन् सम्म भन्न भ्याएका थिए पार्टीको निर्देशनमा नै प्रतिपक्षीसँग चुनाबी गठबन्धन गरी अध्यक्षमा निर्बाचित भएका नेकपा (माओवादी केन्द्र ) कालिकोटका प्रभावसाली युवा नेता एवं महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहसँग झिल्को खबर डटकमले गरेको कुराकानी ।

चुनावको जादा कस्ता खालका प्रतिबद्धता गर्नु भएको थियो ?

म चुनावमा जादा मैले जनताको जनजिविकाको सवाल र गाउँपालिकामा सुशासन, विकास, निर्माणमा सम्बन्धित रहेर काम गर्ने बाचा सहित प्रतिबद्धता गरेको थिए भने हाम्रो गाउँपालिकामा सबैभन्दा सडकको समस्या हो । जस अनुसार कतमपुरबाट पादमघाटसम्म पुग्न नसकेको सडकको ट्रयाक खोल्ने र गाडीलाई पादम घाट पु¥याउने काम भयो ।

दोस्रो हामीले महाबैमा बिजुलीको राष्ट्रिय प्रशासरण लाइन जोड्न सफल भयौ । त्यो लाइन महाबै अस्पताल सम्म पनि पु¥यायौ त्यो भन्दा बाहेक गाउँपालिकाको प्रत्येक वडामा जनतालाई परेका अप्ठ्यारा के हुन् । जनताको समस्या के छन् । त्यसको बारेमा सबै वडामा हामीले छलफल ग¥यौ । जनताको समस्या नजिकबाट बुझ्न पाइयोस भन्ने उदेश्यले जनतासँग जनप्रतिनिधि कार्यक्रम संचालन गरेका छौ । त्यो मार्फत जनताका गुनासा सुन्ने काम गरेका छौ । चुनावको बेला हामीले जनतासँगै रहने छौ भनेर जनु प्रतिबद्धता गरेका थियौ अहिले सोहि प्रतिबद्धता अनुरुप जनतासँगै छौ ।

उसो भए तपाइ निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा कस्ता खालका योजनाहरुलाई प्रथामिकतामा राख्नु भएको छ ?

हामी जनताबाट निर्वाचित भएर आइसकेपछि जनताको सरकार हो भन्ने अनुभूति हुने गरि पहिलो कुरा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारको कुरालाई पहिलो प्रथामिकतामा राखेका छौ । शिक्षाको क्षेत्रमा हामीले शिक्षालाई गुणस्तर बनाउने तर्फ योजना बनाइरहेका छौ भने स्वास्थ्यको क्षेत्रमा विपन्न परिवारलाई निसुल्क स्वास्थ्य विमा गर्ने निर्णय ग¥यौ ।

रोजगारीको क्षेत्रमा हामीले गाउँपालिकामा रहेका बेरोजगार समुदायलाई कम्तीमा बर्षको ६ महिना रोजगार सिर्जना गर्ने कार्यक्रम ल्याएका छौ । त्यसै गरी पूर्वाधार निर्माणको क्षेत्रमा गाउँपालिका मुख्य सडकसँग जोडिएको छैन मुख्य सडकसँग जोड्नको लागी सेरावाडा देखि पादमघाट सम्मको सडकलाई प्रदेश सरकार मार्फत र महाबु पादमघाट सम्मको सडकको काम संघीय सरकार मार्फत गराउन पहल गर्ने गरी काम थालनी गरेका छौ ।

गाउँपालिकाको गौरबको आयोजनाको रुपमा गेलाको घट्टेगाड देखि गेला हुदै पादमघाट सम्मको सडकलाई लिने र यो काम जसरी पनि सम्पन्न गर्ने भनेका छौ । कृषि क्षेत्रमा किसानहरुको लागी सिकाइ केन्द्रको स्थापना गरेर किसानहरुलाई कसरी बालि नालि लगाउने भन्ने कुराको सिकाइको तालिम दिने र कृषि फर्महरुलाई गाउँपालिकाबाट अनुदान दिने र एक वडा एक पकेड क्षेत्रको निर्माण गर्ने योजना बनाएका छौ ।

अहिले गाउँपालिकामा कस्ता कस्ता खालका समस्या छन् ? ती समस्या सामाधान गर्न के कस्ता योजना बनाउनु भएको छ ?

समस्याको कुरा गर्दा सबैभन्दा मुल सडकबाट टाढा छौ । अहिले राजमार्ग देखि गाउँपालिकाको कार्यालय पादमघाट सम्मको केन्द्र नजोडिएको हुदा यो बाटो कहिले जोडिन्छ भन्ने जनतामा ठुलो चासोको विषय बनेको छ । यसलाई पहकदमी लिएर काम अगाडी बढाइरहेका छौ । दोस्रो समस्याको कुरा गर्दा महाबै सडकको काम जुम्ला सडक डिभिजनले हेरेको भए पनि अहिले सम्म त्यो काम भएको छैन यसलाई कसरी छिटो सम्पन्न गर्ने त्यो बिषयमा म आफै जुम्ला पुगेर सडक डिभिजन कार्यालयसँग छलफल गरेको छु ।

सबैभन्दा ठुलो समस्या भनेको टेलिफोनको समस्या हो यो समस्या समाधान गर्नको लागी मैले केन्द्रीय टेलिकमको कार्यालय र सुर्खेतको कार्यालय सँग छलफल गरिसकेको छु । अबको केहि दिनमा गाउँपालिका भित्र टेलिफोनको संचालनमा आउने अवस्थामा रहेको छ । त्यसको लागि अहिले गाउँपालिका टावरको निर्माणको हुदै छ ।

अर्को समस्या भनेको राजगारीको समस्या हो यहाँ हामीले जनतालाई ६ महिनाको राजगारीको काम दिने त भनेका छौ तर श्रोत नभएको कारण अलि समस्या होला जस्तो छ अहिले बाहिर देखिने रोजगारीको काम भनेको मुख्मन्त्री रोजगार कार्यक्रम र प्रधामन्त्री राजगार कार्यक्रम बाहेक अरु अहिले हामीसँग केहि श्रोत छैन तर पनि अन्य रोजगारीको उपायको बारेमा पनि हामीले सोचिरहेका छौ त्यसैले जनतालाई रोजगारी दिने कुरा सबैभन्दा समस्याको रुपमा रहेको छ ।

तपाइको पृष्ठभूमि माओवादी जनयुद्ध हो अहिले तपाइ निर्वाचित भएर गाउँपालिका अध्यक्ष हुनुहुन्छ तपाइ सँगै लडेका धेरै तपाइका सहकर्मी गाउँमा पिडादायी अबस्थामा छन् । उनिहरुको व्यवस्थापनको स्थानीय सरकारको तर्फबाट केहि सोच्नु भएको छ ?

पहिलो कुरा त हामी निर्वाचित भएर आइसकेपछि हामीले गणतन्त्र दिवसको अवसरमा गणतन्त्र प्राप्तिको निम्ति योगदान पु¥याएका योद्धाहरुलाई सम्मान कार्यक्रम राखेका छौ । हिजोका दिनमा पार्टीले मात्रै सम्झिने गरेको थियो भने अब का आउने दिनमा महाबै गाउँपालिका सरकारले सम्मान गर्ने छ त्यसको शुरुवात मेरो कार्याकालमा म सुरुवात गर्छु । दोस्रो कुरा जनयुद्धमा लागेका घाइते योद्धाहरुको उपचारको लागी गाउँपालिका सरकारको तर्फबाट हामीले बजेट छुट्याएका छौ । त्यो भन्दा अझ हामीले जनयुद्ध लडेका योद्धाहरुको लागी बेला बेला समस्याको विषयमा पनि गाउँपालिका सरकार नजिक रहेर काम गर्ने योजना बनाएका छौ र जनयुद्धमा योगदान पु¥याएका साथिहरुको लागी जनयुद्धमा लागेकै कारण यो अबस्था भयो भन्ने खालको गुनासा नआउने गरी काम गर्ने तयारी गरीरहेका छौ त्यसैले ती योद्धाहरुको गाउँपालिका सरकार विशिष्ट खालको सम्मान गर्ने छ । जुन सम्मानले गणतन्त्र प्राप्तिमाको निम्ति योगदान पु¥याएका योद्धाहरुलमा उत्साहा मिल्ने छ ।

जनसत्ता चलाउनु र राज्य सत्ता चलाउनुमा के फरक रहेछ आफ्नो अनुभूति सुनाउनुहोस् न ?

जनसत्ता चलाउदा हामीले हिजोका दिनमा भिन्न राजनिति पार्टीको पृष्टभूमि बोकेर राज्यसत्ता विरुद्धको अर्को बैकल्पीक सत्ता स्थापना गरेर चलाएका थियौ त्यो विचमा भिन्न बुझाइ राख्ने मानिसहरु थिएनन् । अहिले अब लोकतान्त्रिक व्यवस्था स्थापना भएर बहुदलिय व्यावस्थामा हामी चलिरहेका छौ । त्यसैले सबै पार्टीहरुको सुझाब, सल्लाहा, परामर्श लिएर सत्ता संचालन गर्नु पर्ने अबस्थामा छौ । तर पनि सबै खालका विचारहरुलाई मिलालएर लियो भने राज्यसत्ता चलाउन सजिलो छ ।

अब सत्तामा रहदाका ५ बर्षलाई कसरी जनसरोकारका विषय बिताउने सोच्नु भएको छ ?

हामीले गाउँपालिका सरकार संचालनको लागि पंच बर्षको रणनिति तयार गरी हामीले गाउँपालिका को पंच बर्षिय गुरु योजना गरेका छौ । जसमा स्वास्थ्य, शिक्षा र कृषिमा हामीले के गर्न सक्छौ भन्ने कुरा त हाम्रो कार्य योजना कार्यन्वयन भइसकेपछि थाहा होला ।

अहिले महाबै भन्ने वित्तिकै सबै भन्दा दुर्गम भनेर चिनिएको छ अब आउने पाँच बर्षमा हामीले पालिकाका सबै वडा र टोल टोलमा सडक र जनताका आवाश्यकता पुरा हुने गरेर काम गर्छौ । हामीसँग स्वास्थ्यमा पनि निकै ठुलो समस्या छ अबको पाँच बर्षमा हामीले २५ सैयाको अस्पताल बनाइ सक्ने छौ । अहिले हामीले एक महिना भित्र पालिकाको प्रशासनिक भवन निर्माण गरिसक्ने र ६ महिनामा पालिका भित्रका सम्पूर्ण शाखाका भवन निर्माण गरी एकिकृत रुपमा काम संचालन गर्ने तयारी थालेका छौ । त्यसैले अबको पाँच बर्षमा हाम्रो वडाका सम्पूण वडा कार्यालयहरु निर्माण भइसक्ने छन् र भाडामा बस्नु पर्ने अबस्था हुने छैन ।

अहिले हाम्रो पालिका भित्र मुख्य सडकको समस्या छ । गेला देखि पादमघाट सम्मको सडक र सेरावाडा देखि पादमघाट सम्मको सडक सके स्तर उन्नती सहित नभए ट्रयाक ओप्पन सहितको गाडी गुड्ने बनाउने छौ । र बेरोजगारी घटाउने छौ र शिक्षाको क्षेत्रमा केहि नमुना गर्ने गरी काम थालेका छौ र एम. वि. वि. एस.को लागी छात्रवृद्धि दिने घोषणा गरेका छौ । हामीसँग दक्ष मेन पावर छ भन्ने प्रतयाभूति दिने गरेर काम गर्ने छौ ।

समिकरणमा चुनाव जितेर आउनु भएको छ तपाइले समिकरण गरेको दल प्रतिपक्षमा छ काम गर्न कुनै अप्ठ्यारो भएको छ की ?

राष्ट्रिय समिकरण जे थियो त्यो भन्दा विपरित हामीले महाबैमा चुनाव लड्यौ त्यसले गर्दा खासै असर गरेको छैन । तर सरकारमा रहेका दल मात्रै भन्दा पनि बाहिर रहेका दलसँग पनि हामीले सहकार्य गरेर जाने गरेका छौ । त्यस्तो मलाई अप्ठ्यारो भएको छैन ।

जनयुद्धको बेला जनताको विचमा गरेका बाचा र जनताको अपेक्षाहरु पुरा गर्न के कस्ता योजना बनाउनु भएको छ ?

जनयुद्धको बेला जनताको विचमा हामीले जे बाचा गरेका थियौ त्यो बाचा हामी विस्तारै पुरा गर्ने तिर जान्छौ । जनतालाई हामीले सत्ताको मालिक बनाउने र अधिकार सम्पन्न बनाउने भन्ने हाम्रो बाचा थियो त्यो बाटोमा हामी लाग्छौ । त्यो भनेको पनि शिक्षा, स्वास्थ्य र रोजगारीमै छ गाउँमा जे कुराको जनतालाई समस्या छ त्यो पुरा गर्ने बाचा गरेका थियौ अब हामीले त्यो पुरा गर्न तिर लाग्छौ ।

अन्तमा मैले सोध्न छुटाएको त्यस्तो केहि कुरा छन् भने भन्नुहोस् ।

हामीले सबै सँग सहकार्य गरिरहेका छौ समन्वय गरिरहेका छौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर एउटा रिसर्चको रुपमा महावैलाई लिने योजना छ । कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उत्पादन भएका जनशक्तिले महाबैमा केहि नयाँ गराउने कोसिसमा हामी लाग्ने छौ । लोकसेवा आयोगमा नाम निकालेका विद्यार्थीहरुलाई पनि प्रोत्साहान गर्ने गरी पहिलो परिक्षामा सफल हुने विद्यार्थीहरुलाई बाकि रहेका परिक्षामा गाउँपालिकाले सहयोग गर्ने छ । महाबैको जनशक्ति नेपालको सबै क्षेत्रमा सहभागिता गराउने उदेश्यले तयारीमा हामी लाग्ने छौ ।

धन्यावद ।