माओवादी जनयुद्धको बेला लामो समय तत्कालिन भेरी र कर्णालीको राजनिति नेतृत्व समालेका नेत्रविक्रम चन्द (विप्लव) माओवादी पार्टी शान्तिपूर्ण राजनितिमा आइसकेपछि क्रान्ति पुरा भएको छैन भन्दै प्रचण्डबाट विद्रोह गरी अलग पार्टी बनाए । संसदीय व्यवस्थाले जनताको सपना साकार पार्दैन भन्दै क्रान्ति गर्न हिडेका उनै विप्लव माथि तत्कालिन केपी ओली प्रधानमन्त्री हुदा राज्यको प्रतिबन्धमा परे तर पछिल्लो समय प्रतिबन्ध फुकुवासँगै सरकारले घोषणा गरेको स्थानीय निर्वाचनमा भाग लिने कार्यनिति बनाएको विप्लब नतृत्वको नेकपाले खासै उपलब्धि हात पार्न सकेन उनै नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लब) सँग झिल्को खबर डटकमको लागी पत्रकार विवशकुमार सेजुवालले समसामहिक पछिल्लो राजनिति परिवेशको बारेका गरेको कुराकानी ।
महासचिव ज्यू झिल्को खबर डटकममा स्वागत छ ।
धन्यवाद ।
पछिल्लो समय के मा व्यस्त हुुनुहुन्छ ?
अहिले खास गरी देशको स्थितिको बारेमा र हाम्रो पार्टीको राजनिति प्रस्ताव वैज्ञानिक समाजवादको बारेमा कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्ने भेटघाट गर्नेमा लागिराखेको छु ।
पछिल्लो समयमा तपाई आफ्नो कार्यनिति स्थापित गर्नको लागी लामो समय राज्यको प्रतिबन्दमा बस्नु भयो प्रतिबन्दित जीवनबाट सार्वजनिक भैसकेपछि तपाईको पार्टीको विचमा दरार पनि आयो किन ?
दरार खास ठुलो छैन सामान्य केहि साथिहरु असन्तुष्ट भएर निस्किनु भएको छ त्यसको मुख्य कारण अहिलेको नेपालको राजनैतिक अबस्था हो यसलाई हेर्ने सवालमा हाम्रो र उहाँहरु बिच केहि फरक परेको हो र केहि कमरेडहरुमा त्रुटिहरु देखिन्छ खासगरी सोच्ने तरिका संगठनमा बस्ने तरिका र आर्थिक परिचालन गर्ने तरिमा उहाँहरुको केहि त्रुटि देखिएको थियो त्यो त्रुटिलाई सच्याउ भन्दा खेरी उहाँहरुमा अलिकति केहि असन्तुष्टिहरु बढ्यो । र चुनावकै मामिलामा पनि उहाँहरुमा हामीले यसलाई प्रयोग गर्नु पर्छ भन्यौ तर उहाँहरुले यसमा असहमति राख्नु भएको थियो तर उहाँहरुले केन्द्रिय कमिटीमा पास गर्दा बोल्नु भएन त्यस कारण नै हामीले केन्द्रिय कमिटीमा पास गरेका थियौ त्यसमा थोरै केहि असन्तुष्टि प्रर्कट गर्नु भयो र त्यस कारण उहाँहरु हाम्रो पार्टीबाट निस्कीनु भयो ।
यहि चुनावकै कुरामा पनि तपाइहरुले एमाले सँग साटघाट गर्नु भयो भन्ने आरोप छ नि ?
होइन त्यो मलाई लाग्छ उहाँहरुले आधिकारिक तरिकाले भन्नु भयो जस्तो लाग्दैन कतै भनेको भए पनि त्यो तुक नभएको कुरा हो । हामी त स्पष्ट ढंगले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई धुब्रिकृत गर्दै छौ र यो दलाल पुजिवादी सत्ताको विरुद्धमा वैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्यले एकृत जन क्रान्तिको बाटोमा हामी बढिरहेका छौ त्यसमा कोहि दुविधामा पर्नु पर्ने कुरा छैन ।
तपाईको राजनिति जीवनको केहि बसन्तहरु यहि कर्णालीमा बितेका छन् कर्णालीका जनतालाई यो परिबेशमा कसरी सम्झिनु हुनछ ?
म एकदमै स्वागत गर्छु म विश्वास दिलाउन पनि चाहान्छु की कर्णालीको डाडाँकाडाँ हिड्दाखेरी जुन हामी भित्र एउटा नयाँ व्यावस्था जनताको सत्ता बनाउने हाम्रो सपना थियो त्यो हामीसँग अहिले पनि ज्यूदै छ र त्यो सपना पूरा नभए सम्म हामी कहिल्यै पनि क्रान्तिबाट विचलित हुने छैनौ यो संसदिय व्यवस्था नफालेसम्म नेपालमा वैज्ञानिक समाजवाद स्थापना नभए सम्म हामी अनबरत यो यात्रामा हिडिराख्ने छौ । उहाँहरुको चिन्ता पनि त्यहि नै हो त्यसलाई म पूरा गरि छोड्ने छु ।
तपाइलाई धेरै ठुलो आरोप छ नी काठमाडौंमा विप्लवले घर लगायो कपिलबस्तुमा पनि घर लगायो भन्छन् के साचो हो ?
यो निश्चित हो की मेरो घर थिएन उहाँहरु सबैको घर छ । कसैको घोराहीमा छ कसैको कोहलपुरमा छ कसैका दुई तले छन् सबै साथिहरुका छन् मलाई कुनै आपत्ति छैन म प्रतिबन्धमा हुदा नै पार्टीलाई मैले अरु धेरै साथिहरुको घर पनि बनायौ आठौ महाधिवेशनमाबाट नै हामीले सडकमा भएका नेता कार्यकर्ताको व्यवस्थापन गर्नु पर्छ भन्ने हाम्रो निति बनायौ त्यहि अनुसार नौं केन्द्रिय समितिको बैठकले हाम्रो कार्यकर्ताको व्यवस्थापनको विषयमा कसरी गर्न सकिन्छ भनेर बैठकमा प्रस्ताव मैले राखेको थिए कम्तिमा समाजमा बस्न लायकको घरै नहुने स्थिति आयो त्यसले गर्दा खेरी केहिलेकाही भेटघाट छलफल बच्चाबच्ची बस्नको लागी मेरो घर छैन भनेर मैले भनेको हु त्यहि निति अनुसार पार्टीले बनाइदिएको घर हो । अब जहाँ सम्म काठमाडौंमा त हाम्रो निति अनुसार हामीले आफ्नो बास बनाएका छौ हाम्रो एक जना शुभचिन्तक इन्जिनियर डाक्टरले हामीलाई ५ रापनि जमिन लिजमा दिनु भएको छ निकै सस्तोमा त्यसमा हामीले टहरा बनाएकाा छौ र त्यो टहरामा काठमाडौंमा बस्छौ नेपाली क्रान्तिको छुट्टै मौलिक एउटा मोडेल त्यो नमुना हो र हामी देशभरी म आफै श्रममा पनि जुटिरहेको छु र आफ्नै श्रममाबाट एउटा समाजको रुपान्तरण गर्ने एउटा आत्म विश्वास लिएर हिडेको मन्छे हु ।
तपाइले नेपाली राजनिति दलहरुलाई चुनौति दिदै प्रश्न गर्नु भएको छ आम कार्यकर्ताहरुलाई पाल्नको लागी र सक्रिय बनाउनको लागी हामीले अब चन्दा उठाउनु पर्दैन भनेर भन्दै हिड्नु भएको छ त्यो खास के कारणले भन्नु भएको हो ?
होइन मैले प्रतिबन्धको समयमा एउटा कम्युनिष्ट पार्टीको आर्थिक दृष्टिकोण भन्ने थेसिस एउटा प्रस्ताप तयार गरेको छु र मैले पार्टीमा पेर गरेर पास पनि भइसकेको छ त्यसमा मैले तिन चार वटा कुरा प्रस्तुत गरेको छु पहिलो कुरा पूर्व सोभियत संघ किन ढल्यो भन्दा त्यो आर्थिक कारण थियो पुराना समाजवादी देशहरुमा क्रान्तिले श्रमिक बर्गले सत्ता जन्मायो मालिकहरु सत्ता चलाउने शासकहरु पनि जन्मिए तर लगातार सत्तालाई संरक्षण गर्ने श्रमिकहरु जन्माउन सकेन भन्ने मेरो आफ्नो अध्ययन छ । त्यसैले कम्युनिष्ट पार्टी केवल शासक जन्माउने पार्टी मात्रै होइन श्रमिक जन्माउने शक्ति हो त्यसकारण पार्टीलाई उत्पादक शक्तिको रुपमा विकास गर्न पर्छ भन्ने मेरो प्रस्ताव छ ।
नम्बर दुई हरेक पार्टीले राजनिति कार्य मात्रै होइन उसले आर्थिक कार्य पनि गर्नु पर्छ आर्थिक कार्य नगर्ने पार्टीले जनताको सेवा गर्न सक्दैन त्यो विश्वास जित्न सक्दैन भन्ने हाम्रो ठम्वाई छ र जुन कम्युनिष्ट पार्टीले आर्थिक कार्यलाई सँगसगै लान सक्दैन त्यो कम्युनिष्ट पार्टीले क्रान्ति पनि हाक्न सक्दैन अरुमा भर परेर चन्दा उठाएर क्रान्ति सम्भव छैन त्यसैले हामीले पार्टीमा के भनेका छौ भने आत्म निर्भर कम्युनिष्ट पार्टीको निर्माण हामीले अहिले नारा दिएका छौ उत्पादन बढाऔ क्रान्ति संचाालन गरौ उत्पादनमा सहभागि बनौ क्रान्तिलाईलाइ अगाडी बढाऔ यो नारा दिएका छौ यसको मर्म के हो भने नेताहरु पनि श्रममा भाग लिनु पर्छ नेताहरुले केवल सुविधाको मात्रै आपुर्ति गर्नु हुदैन माग गर्नु हुदैन श्रम द्धारा उत्पादनमा भाग लिनु पर्छ भन्ने हाम्रो दृष्टिकोण छ । त्यस अनुसार नै अगाडी बढ्नु पर्छ ।
व्यस्त हुनुहुन्छ यो हल्ला हो वा सत्य हो कपिलबस्तुमा स्थानीय निर्वाचन नजिकैदै गर्दा खेरी तपाइ प्रतिबन्धको बेला बसेको गाउँलाई नमुना गाउँ बनाउने योजना बनाउनु भएको थियो रे त्यो गाउँको योजना कहाँ सम्म पुग्यो ?
चुनावमा जादाखेरी हामीले सोचेको जस्तो पणिामा आएन त्यसमा थुप्रै कारणहरु छन् तर त्यहाँ हामीले नमुना कार्य अगाडी बढाएका छौ त्यसमा थुपै्र जनताहरु सहभागी हुनुहुन्छ । र हाम्रो चाहाना छ की जनतालाई पनि हामीले आर्थिक कार्य गर्न सिकाउनु पर्छ राजनिति कामहरु गर्न सिकाउनु पर्छ जनतालाई सामान्य ज्ञान पनि छैन दुई पैसा कसरी उत्पादन गर्ने भन्ने हाम्रो जनतालाई ज्ञान छैन त्यसैले पार्टीहरुले संघर्ष गर्न मात्रै सिकाउने होइन आर्थिक उत्पादन गर्न पनि सिकाउनु पर्छ त्यस कारण हामीले केहि फर्महरु विकास गरेका छौ हामीले सहकारीहरु चलाएका छौ हामीले फलफुल खेतिहरु संचालन गरेका छौ हामीले खेतिपातिहरु सुरु गरेका छौ हामीले माछा पालन सुरु गरेका छौ यसमा जनता पनि निकै उत्साहित छन् र हामीबाट सिक्दै आफु पनि यो कार्यमा सहभागि बन्दै छन् ।
अहिले पूर्व माओवादी धारका कार्यकर्ताको चाहाना पूर्व माओवादी नेताहरु एक ठाउँमा आउनु पर्छ भन्ने चाहाना छ यसलाई कसरी लिनु भएको छ ?
यो एकदम स्वागत योग्य कुरा हो आज विहान पनि युवा माओवादीहरु आउनु भयो उहाँहरु आउने वित्तिकै पनि सिधै तपाईले भनेको प्रश्न गर्नु भयो दाई तपाई कहिले मिल्नु हुन्छ ? भन्नु भयो म नेपालभरी घुम्दा सबै युवा माओवादीहरुको चाहाना यहि छ त्यसलाई म एकदमै स्वागत गर्छु मैले भनेको छु सबै पार्टीमा बहस गरौ यथास्थितिलाई रुपान्तरण गर्ने गरी सबै मओवादीहरुलाई एउटा नयाँ आन्दोलनमा गोलबन्द गर्न जरुरी छ त्यसको लागी तपाईहरु आफ्नो ठाउँबाट लाग्नुहोस् म चाहि त्यसमा बचनबद्ध छु भनेर मैले भनेको छु दलाल पुजिवादलाई मानिदैन मान्नु पनि हुदैन यो सँग संघर्ष गर्दै जाने बारेमा जति पनि लचक हुन हामी तयार छौ त्यसको लागी हामी बहस गर्न पनि तयार छौ भनेको पनि छु एक चोटि सायद ठुलो बहस गर्न माओवादी आन्दोलनमा जरुरी छ ।
अब संघ र प्रदेशको निर्वाचन पनि नजिकैदै छ यसमा माओवादी धारका नेताहरु एक हुने सम्भावना कति छ ?
यसमा ठुलो छलफल गर्न जरुरी छ हामीले भनेका छौ हाम्रो पार्टी कै हकमा त हामीले अहिले संघ र प्रदेशको निर्वाचनमा जाने निर्णय गरेका छैनौ तर मोर्चाको सम्भावना कति हुन्छ त्यो हामी अध्ययन गर्दै छौ हामी पार्टीबाट चाहि निर्वाचनमा जादैनौ तर कुरा के देखिन्छ भने ओभर अल नेपालको राजनिति प्रर्णालीलाई रुपान्तरण गर्ने बारेमा सुधार र क्रान्तिको विचबाट हामी एक अर्कोमा कत्तिको सहकार्य गर्न सक्छौ एउटा खुल्ला बहसको विषय हुन सक्छ त्यसमा हामी तयार छौ ।
पार्टीकै साथिहरु अलग भएर जादा पार्टीमा केहि कमजोरी महसुस भएको छ ?
निश्चय नै साथिहरु जादाखेरी दुख त लागिहाल्छ मैले धेरै आग्रह पनि गरे उहाँहरुलाई एक महिनाको साहेक कार्यनितिमा चित्त नबुझाएर नजानुहोस् न म आफै के छु भने एउटा विद्यार्थी अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई कसरी एक बनाउन सकिएला भनेर अध्ययन गर्ने विद्यार्थी पनि हो मैले महाधिवेशनको लागी एउटा प्रस्ताव पनि गरेको छु संसारमा कम्युनिष्टहरु अरबको संख्यामा छन् तर किन एक छैनन् किन चित्त नबुझ्ने बित्तिकै उठेर हिड्छन् भन्ने विषयमा एउटा अध्ययन गर्दै छु र मैले दर्शनको क्षेत्रमा कतै त्रुटि त छैन ? सिद्धान्तको क्षेत्रमा कतै त्रुटि त छैन ? त्यसलाई विकास गर्नु पर्छ की भनेर मैले खोज गरिरहेको छु हाम्रै साथि उठेर हिड्दा त दुख त लागिहाल्छ नी तर यसलाई म के स्वभाविक के ठान्छु भने बर्ग संघर्ष चलिरहदा सम्म राज्यसत्ता सँगका टक्करहरु चलिरहदा सम्म केहि समस्याहरु आउछन् त्यसलाई पचाउनुको विकल्प हामी सँग छैन तर हामीले अपेक्षा चाहि निरन्तर रुपान्तरणको अपेक्षा गर्नु पर्छ निस्किनु भएका साथिहरुलाई पनि फर्किनु भन्ने मेरो आग्रह छ । कमजोरीहरु सुधार गरेर फर्किनुहोस भन्छु बाहिर गएर केहि पनि हुदैन त्यहाँ झन विसर्जन हुने हो । त्यसैले निरासाको जीवन बाच्नु भन्दा आन्दोलनमा एउटा हराभरा जीवन बाच्न तयार हुनु पर्छ त्यसैले अरुलाई पनि त्यहि भनेको छु प्रचण्ड कमरेडहरुलाई पनि फर्किन आग्रह गर्छु उहाँहरु धेरै पर पुग्नु भएको छ । हामीसँग आउनुहोस् हामी साच्चै नै दुनियाँलाई नयाँ चिज दिन सक्छौ भन्ने विश्वास छ ।
अन्तमा झिल्को खवर मार्फत के भन्न चााहानु हुन्छ ?
तपाईसँग यहाँ सुर्खेतमा भेट भयो अघि सुनाउनु पनि भयो रमाइलो क्षणको कुरा त्यति बेला म भरखर एउटा युवा माओवादी विद्रोह गर्दै थिए तपाइले एउटा मलाई पत्र लेख्नु भएको थियो त्यसको उत्तर दिन उपयुक्त छ भनेर त्यो चिठिको जवाफ पनि दिए को होला सोचेको थिए त्यो व्याक्ति तपाइ नै रैछ संयोगले खुसि लाग्यो । तपाइको पत्रकारिता मार्फत देश र जनताको पक्षको सँगै सहकार्य गरौ सफल हुनुहोस् धन्यवाद ।
। ५ असार २०७९, आईतवार ००:१७