बुवाको प्रेरणाले आयुर्वेद चिकित्सक बनेका डा. शंकर

सुर्खेत । डा.शंकर रिजाल पेसाले आयुर्वेद चिकित्सक हुन् । तर उनले कर्णालीमा आयुर्वेद क्षेत्रमा धेरै ठुलो काम गर्ने लक्ष्य लिएका छन् । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रलाई आयुर्वेद वैकल्पिक चिकित्साको रिफरल केन्द्रको रुपमा विकास गर्नु पर्छ भनेर लागेका डा.रिजाल अहिले कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द सुर्खेतमा कार्यालय प्रमुखको रुपमा कार्यरत छन् ।

दैलेख भैरवी गाउँपालिका वडा नं. २ (साविक रावतकोट गाविस वडा नंं. ३ हुँमेगाउँ)मा २०४७ सालमा जन्मिएका डा. शंकरले कक्षा ८ सम्मको अध्ययन गाउँकै पंचदेवल मा.वि.मा पुरा गरे । माओवादी द्वोन्दका कारण बाँकी पढाइ पुरा गर्न गाउँबाट सुर्खेत झरेका शंकरले सुर्खेत स्थित जन माध्यामिक विद्यालयबाट एस.एल.सी. पास गरे ।

उनका बुवा कृष्ण प्रसाद उपाध्याय त्यो बेला गाउँका सानो तिनो बैद्य थिए त्यो बेला गाउँकै स्वास्थ्य चौकीमा ग्रा.स्वा.का रुपमा गाउँ भरी सबैका डाक्टरकोरुपमा एलोपेथ र आयुर्वेद दुबै को राम्रो ज्ञान भएका स्वास्थ्य कर्मी हुन। जडिबुटीको उपचार मार्फत गाउँमा कैयौंको ज्यान जोगाएका कृष्ण प्रसादले आफ्नो सात छोराहरु मध्ये एक सन्तानलाई आयुर्वेद चिकित्सक पढाउने लक्ष्य लिएका थिए । बैद्य परिवार भएको हुँनाले डा. शंकरले आफ्नो बुवाको चाहाना अनुसार आयुर्वेद पढेको बताए । उनि भन्छन्  पिताजी को आशीर्वाद ले सबै राम्रै भएको छ  आफनो पेशा प्रती इमान्दार भएर नै होला सबै राम्रै लाग्छ ।

‘हामिले यो पढ्ने त्यो पढ्ने भन्दा पनि हामि सात भाई मध्ये एक जनालाई बुवाको आयुर्वेद पढाउने चाहाना थियो त्यसमा भाग्यले म परे, ‘विगत सम्झिदै डा.शंकरले भने,‘मैले पनि अन्त पढ्नको लागि फर्म लगाएकै थिए तर यो विषय र पेसा बुवाको सपना भएकोले मैले भाग्यले पुरा गर्न पाए ।’

सँस्कृत विश्वविद्यालय दाङबाट आयुर्वेद विषयमा १२ पास गरेका डा. शंकरले त्यहि समयमा लोक सेवामा नाम निकाले तर अन्तरवार्तामा सहभागि भएनन् । कारण थियो आयुर्वेद चिकित्सक पढ्ने लक्ष्य ।

दुई वटा अबसरको बीचमा एक निर्णय गर्नु पर्ने बाध्यतामा परेका डा. शंकरलाई आफ्नो बुवाको विश्वासले अगाडी बढ्न प्रेरणा दिएको बताए । ‘लोक सेवाको अन्तरवार्ता दिदा यता स्वास्थ्य मन्त्रालयले दिएको आयुर्वेद चिकित्सक छात्रवृति कोटामा निस्केको नाम छोड्नु पथ्र्यो । छात्रवृति कोटाको पढाई छोड्नु भन्दा लोक सेवाको अन्तरवार्ता छोडे उनले भने,।’

आयुर्वेद चिकित्सक अध्ययन पुरा गरेर साविक भेरी अञ्चलमा छात्रवृति करारमा १ बर्ष काम गरेका डा. शंकरले २०७५ सालमा सरकारी सेवामा प्रवेश गरे । सरकारी सेवा प्रवेश गरे लगत्तै स्वास्थ्य मन्त्रालयमा ४ महिना काम गरेका डा.रिजालले त्यसपछिको जागिरे कर्मथलो भने कर्णालीलाई रोजे ।

आयुर्वेद क्षेत्रमा कर्णालीमा सम्भावना देखेर आएको हुँ ।

‘सरकारी सेवा प्रवेश पछि कर्णाली भन्दा सुविधा युक्त कैयौ ठाउँहरु थिए तर पनि कर्णालीमा आयुर्वेद क्षेत्रमा केहि गर्न सकिन्छ भनेर जागिरे जीवनको कर्मथलो कर्णाली बनाए,‘डा. रिजालले भने,’ ‘पैसा भन्दा कर्म ठुलो हो त्यसैले कर्मचारी समायोजनको बेला पनि मैले कर्णाली नै रोजे ।’
कर्णालीमा भएका जुडिबुटीहरु अन्य ठाउँमा निकासा गर्नु भन्दा कर्णालीमै सदुपयोग गरेर यहाँका नागरिकको आयुर्वेद मार्फत उपचार गर्न सके सबैभन्दा ठुलो सफलता हुने डा.रिजालको बुझाइ छ ।

‘कर्णालीलाई धेरैले विकट पिछडिएको भनेर उपमा दिने गरेका छन् तर आयुर्वेद मार्फत कर्णाली सबैभन्दा सुगम र धनि छ भन्ने प्रमाण हामिले दिइसकेको छौ,‘उनले भने,’ ‘यसको लागि कर्णाली प्रदेश सरकारले लगानी पनि राम्रो गरेको छ र आउने दिनमा पनि पनि यस्तै निरन्तरता पाओस् ।’

कर्णाली कर्म थलो बनाएर आइसकेपछि कर्णालीको जुनसुकै ठाउँमा गएर आयुर्वेद मार्फत काम गर्नु आफ्नो कर्तव्य ठानेका डा.रिजाल आउने दिनमा अहिलेको भन्दा आयुर्वेद क्षेत्रमा कर्णालीले सबैभन्दा ठुलो सफलता प्राप्त गर्नेमा विश्वस्त छन् ।