वीरेन्द्रनगरमै खुल्यो स्वरोजगार केन्द्र

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगरमा स्वरोजगार केन्द्र संचालनमा आएको छ ।

सिप नसिकेकालाई सिप सिकाउने र सिप भएकालाई रोजगारीमा लगाउने गरी उक्त स्वरोजगार केन्द्र संचालनमा ल्याएको स्वरोजगार केन्द्रका संचालक दिपक बहादुर शाहीले बताए ।
उक्त स्वरोजगार केन्द्रको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले आइतवार उद्घाटन गरेका छन् ।

स्वरोजगार केन्द्रको उद्घाटन गर्दै सदस्य सचिव संज्यालले स्वरोजगार केन्द्र नेपालका लागी नयाँ भए पनि यसले धेरै बेरोजगार युवाहरुलाई रोजगारीमा लगाउनको लागी मदत गर्ने बताए । ‘स्वरोजगार केन्द्रमा रोजगार दिने र रोजगार लिनेहरुको संगम स्थल भएकोले यसले कर्णालीका बेरोजगार युवाहरुलाई ठुलो राहत पु¥याने छ ,।’ ‘सदस्य सचिव संज्यालले भने,‘यसका लागी शुरुका दिनमा बेरोजगार युवाहरुलाई यसको महत्व बुझाउन भने अलि समय लाग्ला,।’

स्वरोजगार केन्द्रका संचालक दिपक बहादुर शाही र कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्याल

स्वरोजगार केन्द्रका संचालक दिपक बहादुर शाहीका अनुसार यो स्वरोजगार केन्द्रमा रोजगार लिने र दिने दुबै काम हुने छ । सिप सिकेर पनि बेरोजगार बसेकाहरुको लागी यो स्वरोगर केन्द्रले रोजगार खोजिदिने काम गर्नेछ भने रोजगारका लागी सिप नै नभएका युवाहरुलाई सिप सिकाएर सके कर्णाली प्रदेश भित्र नभए नेपालको जुनसुकै ठाउँमा पनि रोजगारको ग्यारेण्टि लिने गरी स्वरोजगार केन्द्रले काम गर्ने छ ।

केन्द्रले रोजगार लगाए बापत तह अनुसारको तलब स्केलको महिलो पहिनाको २० प्रतिशत रकम शुल्क बापत लिने छ भने डकुमेन्ट्रि शुल्क बापत तिन सय लिने छ । रोजगार लगाएको ठाउँबाट रोजगार दाताले विना गल्ति जागिरबाट निकोलेको खण्डमा स्वरोजगार केन्द्रले त्यसको व्यवस्थापन गर्ने संचालक शाहीको भनाइ छ ।

सिप अनुसारको रोजगार दिने र रोजगार लिनेहरुको लागी १५ दिनको समय लाग्ने स्वरोजगार केन्द्रले बताएको छ ।