

सुर्खेत । कर्णाली प्रदेशका चार जना वरिष्ठ तथा सक्रिय रंगकर्मीहरूलाई एक विशेष कार्यक्रममा सम्मान गरिएको छ । नेपाल नाट्य प्रतिष्ठान पोखराद्वारा प्रकाशित “नेपाली नाट्यविमर्श“ ग्रन्थको लोकार्पण तथा परिचर्चा–समीक्षा कार्यक्रमका अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।
कर्णालीको रंगमञ्चमा लामो समयदेखि सक्रिय रही योगदान पु¥याउँदै आएका रंगकर्मीहरु हीराबिजुली नेपाली, माया थापा, यामनारायण आचार्य र उमालाल आचार्यलाई सम्मान गरिएको छ । उनिहरुलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
सम्मान पछि प्रतिक्रिया दिदै रंगकर्मी माया थापाले आजको सम्मानले रंगक्षेत्रमा काम गर्ने थप हौसला थपेको र आउने दिनमा यो क्षेत्रमा झन सक्रिय भएर लाग्ने आफुलाई प्रेरणा मिलेको बताइन् ।
कार्यक्रममा प्रा.डा. रामचन्द्र पोखरेलले ग्रन्थका प्रधानसम्पादकको रूपमा पुस्तकको सम्पादन प्रक्रिया र उद्देश्यबारे जानकारी गराएका थिए भने प्रा.डा. रामनाथ ओझाले कृतिको समिक्षात्मक प्रस्तुति दिएका थिए ।

झिल्को खबर । ३० आश्विन २०८२, बिहीबार २०:०४