अछाम साँफेका आगलागी पीडितलाई नेता साउँदको ५१ हजार सहयोग

सुर्खेत । अछामको साँफेहाट बजारमा शुक्रवार राति भएको भीषण आगलागीका पिडीतलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दीपक साउँद ‘तरंगले ५१ हजार सयहोग गर्ने भएका छन् ।

आगलागी भएको क्षेत्रको शनिवार नेता साउँदले निरिक्षण गरेका छन् । आगलागी क्षेत्रको निरिक्षण पश्चात नेता साउँदले पिडीतहरूसँग शनिवार भेटघाट गर्दै आफ्नो व्यक्तिगत तर्फबाट सम्पूर्ण आगलागी पिडीतलाई तत्कालको लागि राहत स्वरूप ५१ हजार रुपैयाँ सहयोगको गर्ने बताएका हुन् ।

शुक्रवार राति साँफेहाट बजारस्थित एक होटलमा विद्युत् सर्ट भएर सुरु भएको आगलागीले १० वटा भन्दा बढी पसल पूर्णरूपमा क्षति पु¥याएको छ । आगलागीबाट करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको स्थानीयले बताएका छन् ।

नेता साउँदले पीडितहरूको तत्काल उद्धार, राहत तथा पुनस्र्थापनाका लागि प्रदेश र संघीय सरकारसहित सबै सरोकारवालाहरूलाई छिटो पहल लिन आग्रह गरे ।