कर्णालीका दशवटै जिल्लाबाट काँग्रेस उम्मेदवारको नाम टुंगियो

जिल्लाबाट आएका नाम जस्ताको त्यस्तै केन्द्रमा

सुर्खेत । नेपाली काँग्रेस कर्णाली प्रदेशले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य पद निर्वाचनको लागि प्रतक्ष्य तर्फ र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । नेपाली काँग्रेसको परिपत्र अनुसार जिल्लाले प्रदेशमा २६ गतेसम्म र प्रदेशले केन्द्रमा २८ गतेसम्म उम्मेदवारहरुको नाम टुङ्गो लगाएर पठाइसक्नु पर्ने थियो । तर नेपाली काँग्रेस कर्णाली प्रदेशले भने जिल्लाबाट सिफारिस भएर आएका प्रस्तावित उम्मेदवारहरुको नाम भने मंगलवार मात्र (पौष १ गते) केन्द्रमा पठाएको छ ।
नेपाली काँग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीले जिल्लाबाट सिफारिस भएर आएका प्रस्तावित उम्मेदवारहरुको नामको विषयमा प्रदेश कमिटीले कुनै हस्तक्षेप नगर्ने गरी प्रदेश समिटीको बैठकमा छलफल भए अनुसार प्रस्तावित सबै नामहरुलाई केन्द्रमा पठाइएको बताए ।
उपसभापति सहकारीका अनुसार नेपाली काँग्रेस कर्णाली प्रदेश कमिटीले जिल्लाले जुन जुन नाम सिफारिस गरेर पठाएको छ ती नामहरुलाई कुनै काँटछाट नगरी केन्द्रले नै सबै उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाउने गरी पठाइएको छ ।
कर्णाली प्रदेशमा प्रतिनिधिसभा तर्फ १२ वटा निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन क्षेत्र रहेका छन् भने कर्णाली प्रदेशका अन्य जिल्ला हुम्ला, जुम्ला, मुगु, डोल्पा, कालिकोट, सल्यान, जाजरकोट, रुकुम पश्चिममा एक/एक निर्वाचन क्षेत्र रहेका छन् ।
नेपाली काँग्रेसको आन्तरिक पार्टी विवादका कारण अन्य निर्वाचन क्षेत्रमा सस्थापन पक्ष र सस्थापन इतर पक्षको लडाइका कारण धेरै जनाको नाम सिफारिस भए पनि सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट कार्यबाहक सभापति पूर्ण बहादुर खड्का र डोल्पाबाट कर्ण बहादुर बुढाको नाम एकल सिफारिस भएको छ ।
यता हुम्ला जिल्लामा भने कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली काँग्रेस कर्णाली प्रदेश सभा संसदीय दल नेता जीवन बहादुर शाहीको नाम पार्टीको निर्देशन विपरित सिफारिस भएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयले जारी गरेको परिपत्र अनुसार राष्ट्रियसभा, प्रदेशसभा, तथा स्थानीय तहका बाहलवाला जनप्रतिनिधिहरुलाई सिफारिस नगर्न निर्देशन गरिएको भए पनि हुम्ला जिल्ला स्थित नेपाली काँग्रेस जिल्ला कार्यसमिति महासमिति सदस्य, केन्द्रीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि नेपाली काँग्रेस जिल्ला कार्यसमिति पूर्व पदाधिकारी,नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु नेपाली काँग्रेस (क) र (ख) दुवै क्षेत्रिय कार्यसमिति नेपाली काँग्रेसका ७ वटै गाउँपालिका कार्यसमिति तथा ४४ वटै वडा इकाइ समितिको मनोभावना अनुरुप सिपारिस गरिएको नेपाली काँग्रेस कर्णाली प्रदेशले जानकारी दिएको छ ।
यस्तो छ नेपाली काँग्रेसले प्रतिनिधि सभा तर्फ सिफारिस गरेको प्रस्तावित उम्मेदवारुको नामावली

जाजरकोट
प्रतिनिधिसभा प्रत्यक्षतर्फः खड्ग बहादुर बुढा ,मैना कार्की रावल,मुक्ति प्रसाद आचार्य,महेन्द्र बहादुर शाह, रामजंग शाह ।
प्रतिनिधिसभा समानुपातिकतर्फः  जनक बहादुर नेपाली बादी (दलित अल्पसङ्ख्यक ),भूमिलाल रोकाया (जनजाती ),हजारी नेपाली बादी (दलित महिला ) ,रामछाया कुमारी शाही (पिछडिएको क्षेत्र),विष्णु गिरी (खस,आर्य,खुल्ला पिछडिएको क्षेत्र) ।
सल्यान
प्रतिनिधिसभा प्रत्यक्षतर्फः केश बहादुर विष्ट, एकराज डाँगी, सन्तोष केसी, मानबहादुर डाँगी, दिपेन्द्र कुमार खत्री, सुरेश चन्द ।
प्रतिनिधिसभा समानुपातिकतर्फः चक्र बहादुर देवकोटा, प्रेम बहादुर डाँगी, वीरबहादुर सेजुवाल, गणेश चन्द, ध्रुब बहादुर मल्ल, सीता गिरी (महिला), विष्णु कुमारी शर्मा (महिला ) सुभद्रा बस्नेत (महिला ) , चक्र बहादुर परियार (दलित)
दैलेख क्षेत्र नं. १
प्रतिनिधिसभा प्रत्यक्षतर्फः  खेमराज ओली, खेमराज केसी, गणेश प्रसाद उपाध्याय, देवेन्द्र बहादुर थापा, नगेन्द्र बहादुर मल्ल, नरसिहं मल्ल, पदम बहादुर मल्ल, बखत बहादुर कटुवाल, भुपेन्द्र शाही, मणिराम रेग्मी, मनोज कुमार थापा,शुसिल देउजा, बासना थापा ।
प्रतिनिधिसभा समानुपातिकतर्फः निर्मला कुमारी खड्का थापा (महिला), मिना कुमारी थापा (महिला), मोहनमाया प्याकुरेल (महिला ), गणेश कुमार श्रेष्ठ (जनजाती ), दुर्गा कुमारी श्रेष्ठ (महिला जनजाती) कुल बहादुर वि.क (दलित), दिपक सोनी (दलित), गणेश बहादुर बोगटी (अपाङ्ग ) ।
दैलेख क्षेत्र नं. २
प्रतिनिधिसभा प्रत्यक्षतर्फः एकेन्द्र बहादुर पन्त, दिक्पाल कुमार शाही, नारायण प्रसाद रेग्मी, मधुरविक्रम खनाल, रञ्जना कुमारी शाही, लोकेश प्रसाद आचार्य, सीता कुमारी राना ।
प्रतिनिधिसभा समानुपातिकतर्फः जानकी कुमारी विष्ट (महिला), पूर्ण बहादुर थापा (अपाङ्ग), भगवती प्रसाद रेग्मी (पुरुष), लिलाराम उपाध्याय (पुरुष ), शेर बहादुर शाही (पुरुष) सुर्य वि.क. (दलित) ।
सुर्खेत क्षेत्र नं.२
प्रतिनिधिसभा प्रत्यक्षतर्फः उपेन्द्र बहादुर थापा, कलम बहादुर खत्री, नारायण कुमार कोइराला, भिष्मराज हमाल, हृदयराम थानी, बसन्ती कुमारी बस्नेत ।
प्रतिनिधिसभा समानुपातिकतर्फः गंगा नेपाली (महिला दलित), पार्वती कुमारी गिरी (महिला ), भगे कामी (खुला दलित पुरुष ) , धना विष्ट (महिला ), भिम बहादुर शाही नेपाली (दलित ) ।
सुर्खेत क्षेत्र नं. १ समानुपातिकतर्फः नगर बहादुर सुनार (नविन) (दलित ) , भिमा मल्ल (महिला )
जुम्ला
प्रतिनिधिसभा प्रत्यक्षतर्फः कर्ण बहादुर शाही, कान्तिका सेजुवाल, पूर्ण प्रसाद आचार्य, खड्क बहादुर सेजुवाल ।
समानुपातिकतर्फः दीनबन्धु श्रेष्ठ (जनजाती), लक्ष्मी प्रसाद आचार्य (खस आर्य), धन बहादुर बस्नेत (खस आर्य), जयहरी आचार्य (पिछडिएको क्षेत्र ), पुरीचन्द्र देवकोटा उपाध्याय (पिछडिएको क्षेत्र ), गोविन्द शाही (पिछडिएको क्षेत्र), परेकलाल धर्ति , लाल बहादुर जिसी, माया सार्की, नेत्रकला शाही, गोरख बहादुर सुनार, नविना केसी बडुवाल, रन्जव अलब मनिहर, कर्णजंग हमाल, रामकृष्ण न्यौपाने ।
डोल्पा
प्रतिनिधिसभा समानुपातिकतर्फः टंक प्रसाद उपाध्याय, जय कुमारी शाही, रमादेवी न्यौपाने ।
मुगु
प्रतिनिधिसभा प्रत्यक्षतर्फः ऐन बहादुर शाही ठकुरी, खड्ग बहादुर शाही, रमाइली रावत
प्रतिनिधिसभा समानुपातिकतर्फः मीन भाम, भिम तिरुवा, कशरकला मल्ल ।
कालिकोट
प्रतिनिधिसभा प्रत्यक्षतर्फः भुपेन्द्रजंग शाही, अम्म बहादुर शाही, सिता रावल ।
प्रतिनिधिसभा समानुपातिकतर्फः कालीबहादुर सहकारी, सुशिला शाही बम, मान बहादुर नेपाली ।
हुम्ला
प्रतिनिधिसभा प्रत्यक्षतर्फः जीवन बहादुर शाही, जयमति रोकाया, रिता शाही ।
प्रतिनिधिसभा समानुपातिकतर्फः बहादुर लामा, तारा बहादुर लामा रम्भा शाही ।
रुकुमपश्चिम
प्रतिनिधिसभा प्रत्यक्षतर्फः प्रेम प्रकाश ओली,गोपाल जी जंग शाह, लेखमाया केसी ।
प्रतिनिधिसभा समानुपातिकतर्फः मान बहादुर नेपाली, मनिसा रोकाया भण्डारी ।