मातृ मृत्युदर कम गर्न सुरक्षीत गर्भपतन सम्बन्धी १० दिने तालिम शुरु

सुर्खेत । असुरक्षीत गर्भपतनका कारण बर्षेनी मातृ मृत्युदर बढिरहेको कर्णालीमा सुरक्षीत गर्भपतन सम्बन्धी १० दिने तालिमको आयोजना गरिएको छ ।

आइतवारबाट शुरु भएको उक्त तालिम प्रदेश अस्पताल सुर्खेतले आयोजना गरेको हो । प्रदेश राजधानी वीरेनद्रनगर सुर्खेतमा आयोजना भएको उक्त तालिममा हुम्ला, जाजरकोट, प्रदेश अस्पताल सुर्खेत र मेहलकुना अस्पतालमा कार्यरत १० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

पछिल्लो समय सूचिकरण नभएका संस्था र व्याक्तिहरुबाट असुरक्षीत गर्भपतन गराएका कारण मात्यु मृत्युदर बढिरहेकोले यो तालिमबाट दक्ष जनशक्तिको उत्पादन हुने र मात्यु मृत्युदर घटाउनुमा यसले सहयोग पु¥याउने अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले बताए ।

सूचिकृत नभएका संस्था र दक्ष जनशक्तिको अभाव कर्णालीले यो भन्दा अगाडी पनि झेलिरहेको स्मरण गर्दै निर्देशक प्रा.डा. खड्काले २२÷२३ बर्ष अघि यहि तालिमको लागि प्रसुती गृह काठमाडौं गएर आफुले तालिम लिएको बताए । ‘तालिम मात्र लिने होइन यसको भरपुर उपयोग पनि गर्नु पर्छ, ‘निर्देशक प्रा.डा. खड्काले भने,’ ‘यो तालिमले कर्णालीको गाउँ गाउँमा हुने मातृ मृत्युदर कम गर्नेमा सहयोग पु¥याउने छ ।’

तालिम सिक्नको लागि सबैभन्दा पहिला आफु सक्षम हुनुपर्ने बताउदै प्रदेश अस्पताल सुर्खेतमा कार्यरत गाइनोकोलोजिष्ट विभाग प्रमुख प्रा.डा. केशर ढकालले कर्णालीका महिलाहरुको स्वास्थ्यको लागि यो तालिम महत्वपूर्ण हुने बताए ।

हुम्ला जिल्लामा सुरक्षीत गर्भपतन गराउनको लागि दैनिक ५ देखि ६ जना महिलाहरु आउने गरेको भन्दै जिल्ला अस्पताल हुम्लामा कार्यरत डा. कैलास लामाले यो तालिम पछि आफु दक्षता लिएर फिल्डमा काम गर्ने बताए ।

असुक्षीत गर्भपतन सम्बन्धि औसधिहरु बाहिर पाइने भएकाले जिल्ला अस्पताल जाजरकोटमा जटिल केस मात्रै आउने गरेको जाजरकोट जिल्ला अस्पतालमा कार्यरत डा. भुपेन्द्र बस्नेतले बताए । मेडिकल ज्ञान भए पनि यस्तो काम आफुले नगरेको भन्दै डा.बस्नेतले यो तालिमले आफुलाई दक्ष बनाउनेमा आफुले विश्वास लिएको बताए ।

१० दिन सम्म चल्ने उक्त तालिमको लागि प्रशिक्षकको रुपमा प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्का सहित प्रा.डा. केशर ढकाल डा. अमित सिंङ डा.सजिब्ता पन्त बरिष्ठ नर्सिङ अधिकृत सकुन्तला सापकोटा र कल्पना थापा रहेको प्रदेश अस्पतालले जनाएको छ ।

सुरक्षीत गर्भपतन सम्बन्धी तालिम पछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतबाट व्याक्ति र संस्थालाई सूचिकरण गरी आकारिकता लिनु पर्ने छ ।

तालिममा सहभागी प्रशिक्षार्थीहरु