कर्णालीको खेलकुद विकासका लागि बजेट अभाब हुन्न –मन्त्री सिंह

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले कर्णालीको खेलकुद विकासको लागि कर्णाली प्रदेश सरकारले बजेटको अभाव हुन नदिने बताएका छन् ।

कर्णाली प्रदेश सरकारको एक मात्र गौरबको आयोजनाको रुपमा रहेको सुर्खेत वीरेन्द्रनगरमा निर्माणाधिन प्रदेश रंगशालाको बिहिवार अनुगमन गर्दै मन्त्री सिंहले यस्तो बताएका हुन् ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकको रुपमा रहेको कर्णाली प्रदेशलाई अबको एक बर्ष भित्र कर्णाली प्रदेशमा खेलकुदका पूर्वाधारहरु निर्माण गरिसक्नु पर्ने चुनौति रहेको भन्दै मन्त्री सिंहले निर्माणाधिन रंगशालाको प्रगति हेर्दा तोकिएको समयसीमा भित्र नै सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताए ।

प्रदेश राजधानीमा बन्न लागेको रंगशाला प्रदेश सरकारको गौरबको आयोजना भएको हुनाले यसको प्राविधिक पक्ष र यसको आवश्यकता बारे बाहिर नबुझेको हुनाले धेरै कुराको आसंका हुनु स्वाभाविक रहेको भन्दै मन्त्री सिंहले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैन की भन्ने आसंका कर्णाली प्रदेश सरकारले गर्न नदिने बताए ।

‘म अर्थमन्त्री हुने बेला सम्म कर्णालीको खेलकुद क्षेत्रको लागि पैंसाबाट हुने कामको म अभाव हुन दिन्न कर्णाली प्रदेश खेलकुद विकास परिषदका पदाधिकारीहरुसँग कुरा गर्दै,’ ‘मन्त्री सिंहले भने,’बरु तपाईहरु आफ्नो आन्तरिक तयारी तिर लाग्नुहोस् लड्नु पर्ने ठाउँमा म लड्छु ।’

कणाली प्रदेशमा गौरबको आयोजनाको रुपमा रहेको प्रदेश रंगशाला मात्र नभईकन १० वटै जिल्लामा खेल पूर्वाधारको निर्माणको लागि कर्णाली प्रदेश सरकार सहयोग गर्न तयार रहेको समेत उल्लेख गरे ।