राम्रो काममा साथ र नराम्रो काममा विरोध र संघर्ष गर्छौः नेता शर्मा

सुर्खेत । नेकपा माआवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दल नेता राजकुमार शर्माले नेकपा माओवादी केन्द्रले राम्रो कामलाई साथ दिने र नराम्रो काम गरे डटेर विरोध गर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभामा पहिलो पटक प्रतिपक्षको भूमिकामा रहेका बेला सोमवार कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको छब्बिसौं बैठकमा बोल्दै संसदीय दल नेता शर्माले यस्तो बताएका हुन् ।

केन्द्रको गठबन्धन बदलिने बित्तिकै प्रदेशमा पनि गठबन्धन फेरिने गरेको भन्दै नेता शर्माले प्रदेशका संरचनाहरु संघीय इकाईको रुपमा चित्रित भइसकेकाले केन्द्रको पानो पल्टाउने काम मात्र गरेको बताए । ‘केन्द्रको गठबन्धन संविधान संसोधनको लागि बनेको भन्ने सुनेको छु । संविधान संशोधन के का लागि गर्ने ? महिलाको अधिकार कटौति गर्न ? दलितका अधिकार कटौति गर्न ?, ‘नेता शर्माले प्रश्न गर्दै भने,’ ‘संविधान संसोधन गर्ने नै भए कार्यकारी मुख्यमन्त्री र कार्यकारी प्रधानमन्त्रीको लागि गरौ ।’

‘आफु मुख्यमन्त्री हुँदा १० हजार रोजगारी दिने कुरा थियो यसो भन्दा तइले किन लागु गरिनस् भन्ने पनि आउला उनले भने, ‘अहिलेको सरकारले बजेट छुट्याएको खै ? हामीले कानुन बनाएर लागू गर्ने भनेका थियौ कानुन बनाउदा ढिला भयो । हाम्रो कर्मचारी संयन्त्र संख्यात्मक अपुग्ता कामको चापको बीचबाट बेलैमा बनाउन सकेनौ ।’

त्यस्तै उनले लघुवित्त बैंकको कुरा किन अगाडी बढाइएन जवाफ छ ? तपाइको जवाफ कर्णालीका जनताले लुटेर खाए भन्ने हो ? अहिलेको सत्ता गठबन्धनलाई प्रश्न गरेका थिए । कर्णालीले जहिले कर्मचारीहरुको अभाब झेलिरहेको भन्दै उनले कर्मचारीहरु राज्यको तलब खाएर बाह्रतलीमा घाम तापेर बस्ने अब बलियो सरकार आएको बेला समस्या सामाधन हुन्छ होला नी भन्दै सरकारलाई ब्याङ्ग्या गरेका थिए ।