प्रदेश अस्पताल सुर्खेतमा बाल तथा किशोरी मानसिक स्वास्थ्य सेवा उपलब्ध हुने

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतले पछिल्लो दिनमा आफ्नो सेवालाई विस्तार गर्दै लिएको छ । हालै एमआरआई मेसिन संचालनमा ल्याएको प्रदेश अस्पतालले अब देखि बाल तथा किशोरी मानसिक स्वास्थ्य सेवा संचालनमा ल्याउने भएको हो ।

युनिसेफ र सिविन नेपाल को सहयोग मा प्रदेश अस्पताल भित्र निर्माण भएको प्रेफाब भवन बाट बालबालिका तथा किशोरकिशोरीहरु मा रहेका विभिन्न खालका मानसिक तथा ब्यबहारिक समस्याहरुको समाधान गर्ने हेतुले telemental health  service तथा परामर्श सेवा संचालन हुन लागेको मानसिक रोग विशेषज्ञ डा.शुसिल समदर्शीले जानकारी दिए ।

प्रदेश अस्पताल सुर्खेतमा निर्माण सम्पनन भएको उक्त भवन युनिसेफ तथा CIWIN नेपाल को सहयोगमा निर्माण कार्य सम्पन्न भए पश्चात आइतवार अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्कालाई सेवा संचालनको लागि उक्त भवन हस्तान्तरण गरिएको हो ।

बालबालिका र किशोर किशोरीमा हुने मानसिक समस्याहरु को पहिचान तथा समाधान को लागि कान्ति बाल अस्पतालका बालबालिका तथा किशोरकिशोरी मनोरोग बिशेसज्ञ तथा मनोबिद संग टेलिफोन तथा इन्टरनेट मार्फत video conferencing गरि विरामीका समस्या समाधान गर्न सकिने अस्पताल निर्देशक प्रा.डा.डम्बर खड्काले बताए ।

उक्त भवन हस्तान्तर कार्यक्रममा ग्ल्क्ष्ऋभ्ँ को UNICEF को international representative एलिस , बालबालिका तथा किशोरकिशोरी मनोरोग बिशेसज्ञ डा अरुण कुँवर ,UNICEF तथा सिविन नेपाल का प्रतिनिधि, प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्का र अस्पतालमा कार्यरत कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

बाल तथा किशोरी मानसिक स्वास्थ्य सेवा बाहेक मनोरोग तथा मनोपरामर्सका अन्य सेवाहरु यस अघि नै निरन्तर संचालनमा भइरहेको छ ।

कार्यक्रममा सहभागिहरु