सुर्खेत । काठमाण्डौं प्रज्ञा भवनमा जारी नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनमा सोहि पार्टीका प्रभावसाली युवा नेता महेन्द्र बहादुर शाहीले पार्टीलाई दर्जन बढि सुझाब दिएका छन् ।
बुधवार भएको छलफलमा नेता शाहीले सबै तहका कमिटी र पदाधिकारीहरु महाधिवेशन र सम्मेलनहरुवाट प्रत्यक्ष निर्वाचित भई दुई कार्याकालसम्म मात्र राख्नु पर्ने धारणा राखे । पार्टी भित्र अब आउने दिनमा ५० प्रतिशत युवा पुस्तालाई स्थान दिनु पर्ने भन्दै नेता शाहीले नेतृत्व पुस्तान्तरणको व्याख्या गर्नु पर्ने बताए ।
अहिलेको परिबेशमा जनवाद र बलियो केन्द्रीकरणको आवश्यकता रहेको भन्दै उनले अधिकार सम्पन्न संघ,प्रदेश र स्थानिय तहमा निर्वाचित हुने उमेदवार छनौट गरी सरकार बनाउने र त्यसलाई निर्देशन गर्ने मातहतको कमिटी बनाई त्यसलाई उत्पादन तिर लिनु पर्ने बताए ।
‘सुझाब राख्ने क्रममा पार्टी भित्रका कमिटीहरु साना तर जुस्त बनाई केन्द्रीय कमिटी ९९ जनाको प्रदेश कमिटी ५१ र जिल्ला र स्थानिय पालिका कमिटि २५÷२५जनाको बनाउनु पर्छ, ‘नेता शाहीले भने,’ ‘पार्टी कार्यकर्ताहरुको मुल्याङ्कन गर्दा कामका आधारमा गरिनु पर्छ । त्यसको लागि पार्टी सदस्य बिस्तार,संगठन निर्माण र पार्टी भित्रको अन्तरविरोध हल गरी चुनावी परिणामलाई समेत आधार मान्नु पर्छ ।’
झिल्को खबर । २ फाल्गुन २०८०, बुधबार २०:५५